‘स्मार्ट मेयर’को पराजय स्व–समीक्षा : पार्टीभित्रको राजनीति कारक

वालिङलाई दुई दशकमा स्मार्ट नगर बनाउने योजनाअनुसार पहिलो कार्यकालमा उनले काम थालेका थिए । ‘स्मार्ट मेयर’का रुपमा चर्चित खाँण यो चुनावमा भने पराजित भएका छन् ।

सम्बन्धित सामग्री

‘राजनीतिक जात’ र अर्थतन्त्रको उद्धार

अर्जेन्टिनामा हाभियर मिलेईले निर्वाचन जितेका छन् जसले परम्परागत सोच र दृष्टिकोणभन्दा निकै क्रान्तिकारी र चर्का मुद्दा उठाएका छन् । उनले विद्यमान राजनीतिक प्रणाली र सोचविरूद्ध पनि कडा अभिव्यक्ति दिएका छन् । उनले भनेका कुरामध्ये एउटा नेपालको सन्दर्भमा बढी समसामयिक लाग्ने शब्दावली ‘राजनीतिक जात’ हो । उनले राजनीतिमा राजनीतिक जातले निर्वाचनमा पराजय बेहोर्ने बताएका छन् । राजनीतिक जात भनेको कुनै पनि व्यक्ति विद्यार्थी कालदेखि वा लामो समयदेखि राजनीति गरेर आउने व्यक्ति हो । यस्तो राजनीतिक जातको व्यक्तिले परम्परागत सोचभन्दा बाहिर आउन नसक्ने र नयाँ सोचले काम गर्न नसक्ने उनको भनाइ छ । नेपालमा अहिले नेपाली कांगे्रस, नेकपा एमाले, माओवादी केन्द्रका सबैजसो नेता राजनीतिक जातमा स्थापित भइसकेका छन् । राजनीतिमा भर्खर  प्रवेश गरेको व्यक्तिचाहिँ राजनीतिक जात होइन । त्यसैले परिवर्तन चाहने हो भने पार्टीभित्र परम्परागत ‘जात’भन्दा फरक मान्छे आउनुपर्छ । भारतमा नरेन्द्र मोदीको उदय त्यस्तै राजनीतिक जातभन्दा फरक क्षेत्रबाट उदय भएको मान्न सकिन्छ । तर, अहिले उनी पनि जातमा परिणत भएकाले जनताले विकल्प खोज्न थालेको विश्लेषण गरिँदै छ ।  नेपालमै पनि स्थानीय तह तथा संघीय निर्वाचनमा स्वतन्त्र व्यक्ति वा नयाँ राजनीतिक दलका उम्मेदवारको विजय यस्तै हो । कुनै कालखण्डमा नेपाली कांग्रेस पनि जात थिएन । त्यसैले उसले निर्वाचनमा ठूलो विजय प्राप्त गर्‍यो । तर बिस्तारै त्यो पार्टी राजनीतिक जातमा परिणत भयो । पार्टी स्थापनाताका कांग्रेस भनेको परम्पराको विरूद्ध भन्ने थियो । त्यस्तै एमाले, माओवादी केन्द्र पनि राजनीतिक जात थिएनन् । तर, अहिले यी पनि राजनीतिक जात बनिसकेका छन् । २००७ सालको परिवर्तनको नेतृत्व गर्ने नेपाली कांग्रेस निकै विद्रोही थियो । तर, बिस्तारै यसका नेता राजनीतिक जातमा परिणत भए ।  अब हुँदाहुँदा नयाँ काम र कुरा नै गरेको देख्न सकिएको छैन । एमाले होस् वा माओवादी यी पनि ठूला क्रान्तिकारी थिए । तर, अहिले जातमा परिणत भएपछि यिनमा पनि नयाँपन देखिन छाडेको छ । यिनले परम्परालाई पछ्याउने कामभन्दा अरूथोक गर्दैनन् । समाज रूपान्तरण र परिवर्तन तथा प्रगतिका लागि भने नयाँपन हुनुपर्छ र त्यसका लागि नयाँ राजनीतिक शक्ति/व्यक्तिको उदय हुनुपर्छ ।  कृत्रिम बौद्धिकता र इन्टरनेटले अर्थतन्त्रका आधारभूत संरचना र क्रियाकलापमै व्यापक परिवर्तन ल्याइसकेका छन् । त्यसो हुँदा नेपालको अर्थतन्त्रमा सुधार ल्याउन यो पक्ष बुझेको व्यक्ति अर्थतन्त्र र शासनसत्तामा आउन आवश्यक छ । अर्जेन्टिनी नेता मिलेईका अभिव्यक्तिहरू अर्थतन्त्र, राज्यका परम्परागत संरचनामा बिलकुल नयाँ भएकाले संसारभर चर्चाको विषय बनेको छ । उनले अर्जेन्टिनाको आर्थिक संकटको समाधान क्रमश: गर्दै जाने कुराको विरोध गरेका छन् र आमूल परिवर्तनको कुरा उठाएका छन् । त्यसो त नेपालका विद्रोही दल सत्तामा पुग्नुअघि यस्तै आमूल सुधारका कुरा गर्छन् तर तिनीहरूले सुधार गर्नुभन्दा यथास्थितिवादी शक्तिसँग आत्मसमर्पण गरेको पाइन्छ । मिलेई क्रान्तिकारी विचारमा कति अडिग हुन्छन्, त्यो हेर्न बाँकी छ । उनले केन्द्रीय बैंक नचाहिने मात्र होइन, आफ्नो देशको मुद्रा नै अमेरिकी डलरलाई बनाउनेसम्मका अभिव्यक्ति दिएका छन् । परम्परागत व्यापार, अर्थतन्त्र, राजनीतिक स्वतन्त्रता आदिका बारेमा उनका विचार भिन्न खालका छन् ।  नेपालमा पनि यस्तै ठूलो सुधार ल्याउन सक्ने नेतृत्व आवश्यक हुन्छ जुन अहिलेका राजनीतिक दलको नेतृत्वबाट सम्भव छैन । जति बेला महेश आचार्य, रामशरण महत युवा थिए तिनले अर्थतन्त्रको संरचनामा ठूलो परिवर्तन ल्याए । त्यही परिवर्तनको जगमा यतिका समयसम्म अर्थतन्त्र चलिरहेको छ । तर, अब व्यापार र उद्योगको परिभाषा र शैली परिवर्तन भइसकेको छ । अर्थतन्त्रको संरचना र धरातलमा निकै ठूलो अन्तर आइसकेको छ ।  कृत्रिम बौद्धिकता र इन्टरनेटले अर्थतन्त्रका आधारभूत संरचना र क्रियाकलापमै व्यापक परिवर्तन ल्याइसकेका छन् । त्यसो हुँदा नेपालको अर्थतन्त्रमा सुधार ल्याउन यो पक्ष बुझेको व्यक्ति अर्थतन्त्र र शासनसत्तामा आउन आवश्यक छ । २०८४ सालमा हुने आगामी निर्वाचनमा सफलता पाउने दलहरूले यस्तो पक्षलाई विश्लेषण गरेर तयारी गर्दा लाभदायी हुने देखिन्छ । राजनीतिक जात दलभन्दा पनि व्यक्ति हो । त्यसैले दलभित्र पनि नयाँ व्यक्ति आउन सक्छ । मिलेईका अभिव्यक्ति धेरै नेपालीले पढेका छैनन् तर पनि राजनीतिक रूझान भने उनले भनेजस्तै देखिएको छ । मिलेईको अभिव्यक्तिलाई पुष्टि गर्ने कुनै नेतृत्व नेपालमा आउला त ?

'माओवादीले पराजयबाट पाठ नसिके १७ हजार शहीदका आँशुले सराप्नेछ'

काठमाडौं : नेकपा माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी निरन्तर ओरालो लाग्नुको कारण बारे गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएका छन्।उनले  केन्द्रीय समिति बैठक बोलाएर कम्तीमा पनि एक हप्ता/ दस दिन को समय लिएर केन्द्रीय समिति बैठकको आयोजन गर्न उनले आग्रह गरेका छन्।विगत १५ वर्षको संसदीय राजनीति र पार्टी बारे गम्भीर बहस गर्न ढिला भइसकेको जिकिर गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले २०६५ सालको संविधान सभा निर्वाचन पछिको यो सबै भन्दा ठूलो पराजय रहेको उल्लेख गरे।'यो पराजय सामान्य हो

सहज छैन नेपाली कांग्रेसलाई मोरङमा, के फर्काउला कोइराला परिवारको विरासत ?

नेपाली कांग्रेस, कोइराला परिवार र मोरङ जिल्लालाई कतिपयले एकअर्काका पूरकमा रूपमा हेर्ने गरेका छन्। कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको निवास रहेको विराटनगर कुनै बेला नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्र थियो।लामो समय आफ्नो दलको र २०६२/२०६३ सालको जनआन्दोलनको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाले आफ्नो गृहनगरलाई उच्च महत्त्व दिएको देखिन्थ्यो।परम्परागत रूपमा नै कांग्रेसको उल्लेख्य राजनीतिक प्रभाव रहेको मोरङमा पछिल्ला निर्वाचनहरूमा उक्त दलले नराम्रो पराजय भोग्दै गएको छ।कतिपय विश्लेषकले त्यहाँ कांग्रेसको किल्ला तोडिएको र कोइराला परिवारको राजनीतिक विरासत समाप्त भएको भन्दै प्रश्न समेत गर्ने गरेका छन्।यसपालि कोइराला परिवारका दुई उम्मेदवारमङ्सिर ४ गते हुने संसदीय निर्वाचनमा मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्रमा पुन: कोइराला परिवारकै सदस्य चुनावी मैदानमा छन्।मोरङ क्षेत्र नं ६ मा डा. शेखर कोइराला उम्मेदवार बनेका छन्। कांग्रेस नेत्री स्वर्गीय नोना कोइरालाका पुत्र शेखर एमालेका नेता लालबाबु पण्डितसँग दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्।उनलाई २०७४ सालको निर्वाचनमा पण्डितले झिनो मतान्तरले पराजित गरेका थिए।यसपालि कोइराला आफ्नो गृहनगरमा गुमेको कांग्रेसको साख फर्काउनले दाउमा छन् भने पण्डित कांग्रेसको किल्ला यस पटक पनि तोड्ने कसरतमा देखिन्छन्।पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता पनि आफ्ना बुवाको राजनीतिक विरासत फर्काउने दाउमा छिन्। उनी आफ्ना पिताको चुनावी क्षेत्र मोरङ क्षेत्र नं २ बाट उम्मेदवार बनेकी छन्।यसअघिको चुनावमा उक्त क्षेत्रमा मात्रै कांग्रेसले चुनाव जितेको थियो।मोरङमा प्रतिनिधिसभामा ६ र प्रदेशसभामा १२ वटा निर्वाचन क्षेत्र छन्।अघिल्लो निर्वाचनमा नेकपा एमालेले मोरङका तीनवटा क्षेत्रमा जित हासिल गरेको थियो।एमालेसँग तालमेल गरेका माओवादी केन्द्रका उम्मेदवारहरूले दुईवटा निर्वाचन क्षेत्रमा जितेका थिए।फेरिएको समीकरणमोरङका अधिकांश चुनावी क्षेत्रमा चिरपरिचित प्रतिस्पर्धी भए पनि यस पटक राजनीतिक समीकरण फेरिएको छ।अघिल्लो चुनावमा नेकपा एमाले र माओवादीले बनाएको वाम गठबन्धन यसपालि भत्किएकाले त्यसको प्रभाव यहाँको निर्वाचन पनि पर्ने देखिन्छ।हाल सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी पार्टीसहितका दलबीच चुनावी गठबन्धन रहेकाले आफ्ना उम्मेदवारलाई यस पटक सहज हुने अपेक्षा कांग्रेसका कतिपय नेताले गरेका छन्।तर गठबन्धनका कारण कतिपय आकाङ्क्षीहरूले टिकट नपाएका कारण देखिएको असन्तुष्टि र पार्टीभित्रको आन्तरिक गुटबन्दी आत्मघाती हुने सक्ने कतिपयको बुझाइ पाइन्छ।विरासत फर्किएला कि नफर्किएला?पछिल्लो कांग्रेस महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिएका डा. शेखर कोइरालाको भावी राजनीतिका लागि पनि यो चुनाव महत्त्वपूर्ण हुने ठानिएको छ।राजनीतिक विश्लेषक गिरीश भट्टराई मोरङमा कांग्रेस र कोइराला परिवारको साख पुन: फर्किन सक्ने ठान्छन्।उनी भन्छन्, 'कांग्रेसको नवौँ महाधिवेशनअघि एउटा केन्द्रीय सदस्यको रूपमा मात्र रहेका डा. शेखर कोइरालाको राजनीतिक उचाइ महाधिवेशनपछि निकै माथि पुगेको छ।काङ्ग्रेसभित्रका ४० प्रतिशत नेता तथा कार्यकर्ताको नेतृत्व गर्ने हैसियतमा उनी पुगेका छन्।चुनाव जितेर संसद्‌मा पुगेको अवस्थामा उनको राजनीतिक हैसियत अझै बढ्न सक्ने तर्क विश्लेषक भट्टराईको छ।उनले भने, 'उनको उम्मेदवारी र सम्भावनाका कारण गृहजिल्ला मोरङमा कांग्रेसले गुमाएको साख फर्काउन मद्दत पुग्छ जस्तो लाग्छ।'तर अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य विरासतको राजनीति अब समाप्त हुँदै गएको बताउँछन्।उनी भन्छन्, 'दक्षिण एशियाबाटै वंशसत्ता हराउँदै गएको सन्दर्भमा नेपालमा पनि त्यस्तै हुँदै गएको देखिएको छ। पहिला विगत हेरेर राजनीति हुन्थ्यो अब क्रमभङ्ग हुदैछ, भविष्य हेरेर राजनीति गर्नेहरू मात्र सफल हुन्छन्।'विराटनगर महानगर समेत समावेश भएको मोरङ ६ नं निर्वाचन क्षेत्रबाट चुनाव उठेका कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले भने आफू विरासतमा विश्वास नगर्ने बताउने गरेका छन्।विगतको परिणामबहलुदलीय व्यवस्था पुनर्बहाली भएपछि २०४८ सालयता भएका संसदीय निर्वाचनहरूमा मोरङ जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेबीच दह्रो प्रतिस्पर्धा देखिन्छ।विक्रम संवत् २०४८ को चुनावमा दुवै दलले तीन-तीनवटा सीट जितेका थिए भने २०५१ सालको मध्यावधि चुनावमा नेपाली कांग्रेसले तीन र एमालेले चार सीट जितेका थिए।विक्रम संवत् २०५६ को कांग्रेस र एमालेले तीन-तीन र नेपाल सद्‌भावना पार्टीले एक क्षेत्रमा जितेका थिए।तर २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले एकछत्र जितेको बेला कांग्रेस सातमध्ये एउटा क्षेत्रमा मात्र विजयी भएको थियो।उक्त चुनावमा माओवादीले चार र उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनाधिकार फोरम नेपालले चार-चार क्षेत्रमा जित हात पारेका थिए।तर २०७० सालको संविधानसभा चुनावमा नौवटा निर्वाचन क्षेत्रमध्ये पाँच वटामा विजयी भएको कांग्रेसले संविधान जारी भएपछि भएको पहिलो संसदीय चुनावमा भने एउटा सीट मात्रै जित्न सक्यो।अघिल्लो चुनावमा मोरङ क्षेत्र नं २ बाट कांग्रेस नेता मीनेन्द्र रिजाल आफ्ना प्रतिस्पर्धीलाई झन्डै २,००० मतान्तरले हराएर निर्वाचित भएका थिए।उक्त चुनावमा कोइराला परिवारको विरासत थाम्ने ठानिएका डा. शेखर कोइराला र लामो समयदेखि मोरङमा राजनीति गरेका पूर्वअर्थमन्त्री महेश आचार्यको पराजयले कतिपयलाई आश्चर्यमा पारेको थियो।चुनौती के छन् ?यस पटकको चुनावमा आचार्य र रिजाल उम्मेदवार छैनन्। उनीहरूले टिकट नपाउँदा कतिपय नेता तथा कायकर्तामा असन्तुष्टि देखिएको छ।यसअघि क्षेत्र नं २ बाट विजयी भएका नेता रिजालले पार्टी सभापतिले टिकट वितरणका क्रममा आफूप्रति पूर्वाग्रह राखेको सार्वजनिक रूपमा नै बताएका छन्।कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच टिकट वितरणदेखि समानुपातिक सूची तयार पार्दासम्म मतभिन्नताहरू प्रकट भएका विवरण आएका थिए।तर कुनै विवाद नरहेको सन्देश दिने प्रयासमा हालै नेता कोइरालाले पार्टी सभापति र आफूबीच कुनै किसिमको मतभिन्नता नरहेको बताएका थिए।मोरङको संसदीय चुनावमा प्राप्त हुने परिणामले कोइराला परिवारका दुई सदस्यको मात्रै नभई नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा समेत महत्त्वपूर्ण प्रभाव पार्ने कैयौँको विश्लेषण पाइन्छ। -बिबिसीबाट

फोहोरको राजनीतिले बिताउला?

अहिले फोहोर व्यवस्थापनमा राजनीति समेत रहेको छ। मुलुकको सबैभन्दा ठूलो र सम्पन्नमध्येको एक राजधानीको काठमाडौँ महानगरपालिकामा प्रमुख दलहरूको पराजय भएको छ। यसको नेतृत्वमा बालेन आएका छन्। उनी आउनासाथ समस्या समाधान हुन थाल्नु भनेको प्रमुख दलहरूको साख थप गुम्ने ...

राजनीतिमा आउन लागेका कोइराला परिवारका १६ वर्षीय यी किशोर

सचिना बाँनिया, ३० पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विरासतको राजनीतिले नराम्रो धक्का खायो । काँग्रेसको राजनीतिमा लामो योगदान गरेका कोइराला, सिंह र निधि परिवारका विरासतहरुले धक्का खाए । डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिमा पराजय व्यवहोरे । सुजाता कोइराला र महेश आचार्यले उपसभापतिमा पराजित हुनुपर्यो । विरासतको राजनीति गर्ने नेताहरुले धमाधम […]

कोल्टे फेरिएको राजनीति

यतिबेला राजनीति कोल्टे फेरिएको छ । सत्तामा भएकाहरूलाई सत्तामा हुनुको कुनै स्वाद छैन, उता सडकमा भएकाहरूलाई भोलि नै सत्ताधारी होइने लालसाले गाँजेको छ । आन्तरिक रूपमा राजनीति कोल्टे फेरेको फे¥यै छ । यो केवल घरेलु राजनीतिको मात्रै पटकथा हैन । विश्व राजनीतिको सामान्य बाछिटा हो । यसै विषयमा समसामयिक राजनीतिको संक्षिप्त आकलन गर्ने यो आलेखको ध्येय रहेको छ । अमेरिकामा ४६ राष्ट्रपतिमध्ये जम्मा तेह्रजनाले बाहेक दोस्रो अवधिमा पराजय भोगी एक अवधिमा नै ह्वाइट हाउसको दरबार छोड्न प¥यो । उता भ्लादिमिर पुटिन भने सन् १९९९ देखि अकण्टक सत्ताको शिखरमा आसीन हुनुहुन्छ । र अझै दुई कार्यकालका लागि कायम रहने लालसा व्यक्त गर्नुभएको छ । उता जर्मन चान्सलर एङ्गेला मर्केलले लगातार दुई दशक लामो सत्ताको नेतृत्व गर्नुभयो । ७० पुग्न लागेका सि जिन पिड झण्डै एक दशकदेखि सर्वोच्च नेताका रूपमा एक दार्शनिकका रूपमा विकासका लागि एक विश्वदृष्टिकोण निर्माताका रूपमा आफूलाई परिचित गराउनुभयो । लामो समय शासनको बागडोर समाल्नेहरूले कुनै न कुनै पहिचान बनाएर आफू र आफ्नो मुलुकलाई विश्वसामु चिनाएका छन् ।

मेची-कोशीको ‘ट्रान्जिट सिटी’ बन्दै दमक

झापा : पछिल्लो पटक झापा क्षेत्र नं.५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद केपी शर्मा ओली बहुदलीय व्यवस्था पछिको संसदीय अभ्यासको शुरुवातदेखि नै शक्तिमा उदाएका नेता हुन्। २०४८ को निर्वाचन देखिनै उनीलगातार यहाँबाट निर्वाचित हुँदै आए। पहिलो संविधानसभाको निर्वाचनमा पराजय भए पनि उनी केन्द्रिय राजनीति र शक्तिको केन्द्र भागमान...

चुनाव हारे पनि राजनीति हारेको छैन : महामन्त्री शाही

नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले दुई पटक चुनावबाट पराजय भए पनि राजनीति भने जितेको बताए । कालिकोटका साढे १६ हजार मतदाताले मत दिएर राजनीतिमा थप हौसला प्रदान गरेको महामन्त्री शाहीले बताए।