लुम्बिनी प्रदेशको पहिलो अधिवेशन भोलि

बुटवल : लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते भोलि हुने भएको छ। प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोमवार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्। प्रदेश सभाका सदस्यहरूलाई प्रदेश प्रमुख शेरचनले शपथग्रहण गराइसकेकाले सभाको बैठक भने जेष्ठ सदस्यका हैसियतले डिल्लीराज भुसालले गर्नेछन्। गुल्मी क्षेत्र…

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ। प्रदेशको स्थायी राजधानी दाङ स्थीत प्रदेश सभा भवनमा शुरु भएको बैठकको पहिलो दिन प्रदेश प्रमुख अमिक शेरचन, संसदमा प्रतिनिधित्व गर्ने...

लुम्बिनी प्रदेश सभाकाे अधिवेशन आजदेखि सुरू

काठमाडाैं । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन स्थायी राजधानी दाङको देउखुरीमा आज साेमबारदेखि सुरू हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे हाे । प्रदेशको सभाको नवनिर्मित भवनमा दिउँसो १ बजे […]

माघ ८ गते एमाले लुम्बिनी प्रदेशको अधिवेशन नेपालगञ्जमा

दाङ । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशन माघ ८ गते नेपालगञ्जमा हुने भएको छ । लुम्बिनी प्रदेश संगठन कमिटीको सोमबार दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पूर्ण बैठकले प्रदेश अधिबेशन बाँके जिल्लाको नेपालगञ्जमा गर्ने निर्णय गरेको हो । बैठकले अधिवेशनका लागि लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा एक हजार एक सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति […]

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल

बुटवल : नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन्। दाङको भालुबाङमा गत मंसिर २५ र २६ गते माओवादी केन्द्र लुम्बिनी प्रदेशले अधिवेशन सम्पन्न गरेको थियो। अधिवेशन भएपनि अध्यक्षको टुंगो लाग्न सकेको थिएन। बिहीवार बराललाई अध्यक्ष बनाउने सहमति भएको माओवादी केन्द्रका एक नेताले बताए। गुल्मीका युवा नेता…

लुम्बिनी प्रदेश अधिवेशन : मतगणना आजै रातिबाट सुरु हुने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज भएको लुम्बिनी प्रदेशको मतदानको मतगणना आजै रातिबाट सुरु गर्ने तयारी भएको छ। नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालयमा हुने मतगणनाको लागि २ समूहका ८/८ जना प्रतिनिधि सहभागी हुने निर्वाचन समिति जनाएको छ ।लुम्बिनी प्रदेशको नेतृत्व चयनको लागि कुल मतदाता एक हजार ६ सय ७० जनामध्ये एक हजार ६ सय ३१ जनाले मतदान गरेका छन् । लुम्बिनी सार्वजनिक लेखा समितिका सभापति भरत शाह र रोल्पा जिल्ला निवर्तमान जिल्ला सभापति अमर पुन प्यानल बनाएर मैदान गएका छन् । शा

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रम भैरहवामा हुने

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको उद्घाटन रुपन्देहीको भैरहवामा हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचनको तालिकाअनुसार भैरहवाको महेन्द्र सभागृहमा मङ्सिर १६ गते दिउँसो १२ः३० बजे उद्घाटन हुने पार्टीको लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए । उनका अनुसार मङ्सिर १६, १७ र १८ गते हुने लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेशको संरचनाअनुसार कांग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हँुदैछ । अधिवेशनको उद्घाटन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले गर्ने कार्यक्रम तय भएको छ । मङ्स...

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : सभापतिमा शाह र पुन आमनेसामने

वडा, नगर, क्षेत्र हुँदै जिल्लाको अधिवेशन सकेर नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको तयारीमा छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मंसिर १८ र १९ गते प्रदेश अधिवेशन हुँदैछ । १६ र १७ गते हुने भनिएको अधिवेशन २ दिन पछि सरेको छ ।  वडादेखि सबै तहमा गुटगत प्रतिस्पर्धा गरी नेतृत्व चयन गरेको कांग्रेसमा प्रदेशको पहिलो अधिवेशन पनि समूहगत प्रतिस्पर्धा हुने निश्चित प्रायः छ ।  कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनका लागि आकांक्षी र नेता/कार्यकर्ता आफू निकटलाई जिताउन भित्रभित्रै मत मागिरहेका छन् । अहिल...

लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि, मुख्यमन्त्रीले सम्बोधन गर्ने

लुम्बिनी प्रदेश सभाको नवौँ अधिवेशन मंगलबारदेखि सुरु हुँदैछ । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको अधिवेशन दिउँसो १ बजेदेखि सुरु हुने प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले जानकारी दिए । अधिवेशनमा  नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए । आज उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीले प्रदेशको नाम सुधार तथा केही प्रदे

लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु नै नभइ अन्त्य

रुपन्देही – आइतवार (आज) बोलाइएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सुरु नै नभइ अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि यसबारे छलफल गर्न विशेष अधिवेशन बोलाइएको थियो । अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशनको औचित्य नभएको भन्दै बैठक नै नबसी विशेष अधिवेशन अन्त्य गरिएको हो । प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन अन्त्य भएको पत्र पठाएपछि संसद् सचिवालयले सूचना टाँसेर अन्त्य भएको जनाएको हो । आज दिउँसो १ बजे...

लुम्बिनी प्रदेश सभाको बैठक १८ गते लागि आह्वान

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक यही चैत १८ गते बस्ने भएको छ ।लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिसमा बैठक आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते दिउँसो १ वजे सातौँ अधिवेशन आह्वान गरिएको उल्लेख छ । यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले  प्रदेश सभाको बैठक बोलाउनको लागि आग्रह गर्ने निर्णय गरेको थियोगत असोज २० गते प्रदेशको स्थायी राजधानी र