तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले थप ३० अर्ब बजार पठाउँदै

बैंक तथा वित्तीय क्षेत्रमा तरलता (लगानी योग्य) रकम अभावको समस्यालाई मध्यनजर गर्दै राष्ट्र बैंकले बजारमा थप ३० अर्ब रुपैयाँ बजार पठाउने भएको छ । बैंकले १४ दिनको समय सीमा राखेर बिहीबार देखि ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको हो । आवेदन बिहीबार मध्यान्ह ३ बजेदेखि खुल्ला रहने र अनलाइनमार्फत नै आवेदन दिन सकिने बैंकले जनाएको छ । इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले रीत पु¥याएर रिपो खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यसो त हाल बैं

सम्बन्धित सामग्री

तरलता व्यवस्थापनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रूपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रूपैयाँ उठाउन लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि आइतबार दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रूपैयाँ र बढीमा पाँच […]

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।

आज बजारबाट २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।

निक्षेप संकलनमार्फत बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।

पैसा बढी भएपछि बजारबाट २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बजारबाट थप २० अर्ब रुपैयाँ झिक्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १४ दिनका लागि बजारबाट उल्लिखित रकम झिक्न थालेको हो ।

तरलता सहज पार्न बजारमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्बको रिपो जारी गर्ने भएको छ । बैंकले बिहिबार ७ दिन अवधिको रिपो जारी गर्न लागेको हो  । आगामी साउन १९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव हुँदा तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले आवश्यकता अनुसार रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । बैंक त्तहा वित्तीय संस्थाले न्युनतम १० करोडदेखि बोलकबोल गरेर प्रक्रियामा सहभागी हुन सक्ने छन्  ।  बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् ।  बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो ।  तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ । खुलाबजार कारोबारका उपकरणहरू अर्न्तर्गत रिपो बोलकबोल, रिभर्स रिपो बोलकबोल, सोझै खरिद बोलकबोल, सोझै बिक्री बोल कबोल, निक्षेप संकलन बोलकबोल र नेपाल राष्ट्र बैंक ऋणपत्र रहेका छन् ।

२० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले […] The post २० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तरलता व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक

बढ्दो तरलता अभावको समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंकले बिहीबार बजारमा थप २० अर्ब रुपैयाँ सापटी पठाउने भएको छ । १४ दिनको अवधिका लागि बैंकले रिपो मार्फत बजारमा नगद प्रवाह गर्ने भएको हो । कार्तिक ११ गते अर्थात् बिहीबारदेखि आगामी कार्तिक २५ गतेसम्मका लागि खुल्ला हुने रिपोमा इजाजत प्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंकहरुले आवेदन दिन सक्नेछन् ।  बजारमा तरलता अभावको समस्यालाई ध्यानमा राख्दै राष्ट्र बैंकले रिपो मार्फत नगद प्रवाह गर्दै आएको छ । केही दिन अघि मात

तरलता व्यवस्थापनका लागि थप ३० अर्ब बजार पठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि थप ३० अर्ब रुपैयाँ बजार पठाउँदैछ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) को समस्या विकराल बनेसँगै बैंक एक हप्ताका लागि थप ३० अर्ब रुपैयाँ रिपोको रुपमा वितरण गर्न लागेको हो । बैंकद्वारा जारी सूचनाअनुसार बुधबार दिउँसो ३ बजे देखि एक हप्ताका लागि ३० अर्ब रुपैयाँ अर्थात् तीन हजार करोड रुपैयाँ जारी गर्न लागेको हो ।  इच्छुक ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले ३ ः १५