नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि थप ३० अर्ब रुपैयाँ बजार पठाउँदैछ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) को समस्या विकराल बनेसँगै बैंक एक हप्ताका लागि थप ३० अर्ब रुपैयाँ रिपोको रुपमा वितरण गर्न लागेको हो । बैंकद्वारा जारी सूचनाअनुसार बुधबार दिउँसो ३ बजे देखि एक हप्ताका लागि ३० अर्ब रुपैयाँ अर्थात् तीन हजार करोड रुपैयाँ जारी गर्न लागेको हो । इच्छुक ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले ३ ः १५