संसद् विघटनविरुद्धको मुद्दामा सुनुवाइ आज, नयाँ न्यायाधीश चयन गर्ने सम्भावना

काठमाडौँ । संसद् विघटन विरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । संवैधानिक इजलासमा विवाद आइ रोकिएको सुनुवाइ आजको लागि सारिएको थियो । आजै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सुनुवाइ गर्न वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने तयारी पनि गरेका छन् । सम्भवतः आजै नयाँ संवैधानिक इजलास गठन हुने छ । […]

सम्बन्धित सामग्री

रेशम चौधरीको मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा

काठमाडौं : टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई जन्मकैद भोगिरहेका रेशम चौधरीको सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध  सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाइ हुँदैछ। उनीमाथि परेको मुद्दा न्याायधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा परेको छ। उनको मुद्दा अन्तिममा रहेकोले आज  सुनुवाइ आज हुन सक्ने सम्भावना कम रहेको छ। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा चौधरीको सजाय मिनाहा गर्ने निर्णयविरुद्ध टीकापुर घटनाबाट पीडित शारदा कडायत बोहोराले मंगलबार सर्वोच्चमा रिट द...

एआईजी बढुवाविरुद्धको रिट कुमार चुँडालको इजलासमा

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध परेको रिटको सुनुवाइ आज न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । डीआईजी इश्वरबाबु कार्कीले दर्ता गरेको रिट आइतबार र सोमबार दुवै दिन न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी चढे पनि ‘हेर्न नमिल्ने’ मा परेको थियो । आजको इजलासमा चौथो नम्बरमा रहेको उक्त रिटको प्रारम्भिक सुनुवाइ सम्भावना बढी […]