समानुपातिक तर्फ एमालेले कटायो २३ लाख मत, अन्य दलले कति पाए ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समानुपातिक तर्फ  २३ लाख मत प्राप्त गरेको छ । पछिल्लो विवरण अनुसार एमाले २३ लाख ८९६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले  २२ लाख १ हजार ७९४ मत पाएको छ भने माओवादी केन्द्र ९ लाख ६५ हजार ३४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७६० मत प्राप्त गर्दै माओवादीलाई पछ्याइरहेको छ ।  पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार २९

सम्बन्धित सामग्री

राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?

आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला कुन दलले राष्ट्रिय दलको मान्यता पाए पाएनन् भन्ने चासो बढेको छ । विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रयासरत रहँदा हालै गठन भएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ

समानुपातिकतर्फ ३ लाख गणना बाँकी, कसले कति मत पाए ?

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समानुपातिक तर्फ अब बढीमा ३ लाख मात्रै मत गणना हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। कुल खसेको १ करोड १० लाख मत मध्ये अहिलेसम्म १ करोड ७ लाख मत गणना भइसकेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए।  गणना भएको मध्ये  ५ प्रतिशत मत बदर भएको उनले बताए। १ करोड २ लाख २२ हजार २२२ मत सदर भएको आयोगले जनाएको छ। स्याङजा क्षेत्र नम्बर २, बाजुरा र दोलखाको मत गणना हुन बाँकी रहेको छ। स्याङजामा मतगणना भइरहेको छ भने बाजुरामा मत गणना सुर

समानुपातिकमा १ करोड ७५ हजार मतगणना हुँदा कुन दलले कति पाए

काठमाडौं, १४ मंसिर । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । समानुपातिक तर्फ नेकपा (एमाले)ले धेरै मत पाएको छ । अहिलेसम्म १ करोड ७५ हजार मत गन्दा एमालेले २७ लाख ३ हजार ९५७ पाएर पहिलो स्थानमा छ । प्रत्यक्षमा धेरै सिट जितेको […]