निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले स्थापनाको २१ वर्षे सफल यात्रामा आफूलाई अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ । गुणस्तरीय जनशक्ति, सेवा सुदृढीकरणमा उच्चतम प्रविधिको प्रयोग तथा यात्रुको सेवा र सुरक्षामा उत्कृष्ट प्रदर्शनले नै बुद्ध एयर दक्षिण एसियामै स्तरीय कम्पनी बन्न पुगेको हो । पहिलो पटक १९९७ मा १९०० ‘डी’ विमानबाट उडान सुरु गरेको बुद्धले एटिआरको सफल यात्रा तय गरिसकेको छ । कम्पनीसँग हाल छ एटिआर ७२–५००, तीन एटिआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० ‘डी’ विमान छन् ।