कालीगण्डकी गाउँपालिकामा अस्पताल खोलेर निःशुल्क उपचार दिएका छौं : अध्यक्ष थापा

काठमाडौं, १२ साउन । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिमबहादुर थापाले आफ्नो पालिका दुई वर्षभित्रै ग्यास विस्थापनमा लागेको बताए । ‘कालीगण्डकी जलविद्युत् आयोजना हाम्रै पालिकामा पर्छ । सबै घरमा बिजुली पुगेको मात्र होइन, न्यूनतम बिजुलीको पैसा समेत तिर्नुपर्दैन । गत वर्ष कालीगण्डकीबाट ग्यास विस्थापित गर्न तीन वर्षे कार्यक्रमअन्तर्गत विद्युतीय चुलोमा अनुदान […]