काठमाडौं : कलाकार पल शाहले बलात्कार गरेको भन्दै न्यायालय पुगेकी पीडित नाबालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छिन्।पीडित भनिएकी बालिकाले आफूमाथि जबरजस्ती करणी नभएको र शाह निर्दोष रहेको बयान दिएको नवलपुर जिल्ला अदालतका तहसिलदार लालबहादुर क्षेत्रीले जानकारी दिए। ‘उनले बयान फेरेकी छिन्,’ तहसीलदार क्षेत्रीले भने, ‘जाहेरीमा दिएको कुरा गलत हो। हामी कलाकार हौं। सँगै काम गरेका हौं, सुटिङमा आएका पनि हौं, राति भेट भएको छैन र कुनै किसिमको करणी भएको छैन भन्ने उनको कुरा आ