सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल अजरबैजानको भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्केको छ ।अजरबैजानको राजधानी बाकुमा हालै सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर उक्त प्रतिनिधिमण्डल स्वदेश फिर्ता भएको हो ।