बेड छैन भन्नु लाचारी र लज्जास्पद : नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद भएको जनाएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकारमाथि यस्तो आरोप लगाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यू, संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्छ। ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद! युद्धस्तरमा समाधान खोजौं।’ अस्पतालमा शय्या उपलब्ध गराउन नसक्नु सरकारको गैरजिम्मेवार प्रवृत्ति भएको कांग्रेसले प्रष्ट पारेको छ।

सम्बन्धित सामग्री

प्रमको निर्वाचन : ‘भो शरम लाग्छ, नबोलौं’

प्रधानमन्त्री निर्वाचनको एघारौं शृङ्खलाको पटाक्षेप भएको छ । एक्ला उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलले १ सय ४ मत पाएर एघारौं पटक पराजयको सामना गरे । संविधानसभामा उपस्थितमध्ये ४० सभासद तटस्थ बसे । प्रमको अर्को निर्वाचन असोज २ गते आइतवारलाई तोकिएको छ । निर्वाचनको यो शृङ्खलालाई नेपालका बुद्धिजीवी र राजनीतिशास्त्री ‘ननसेन्स’ र ‘लज्जास्पद’ भनिरहेका छन् । प्रधानमन्त्रीको यो अन्त्यहीन निर्वाचनलाई प्रा. कृष्ण खनाल ‘ननसेन्स’ प्रक्रिया भन्छन् । नेपालका राजनीतिकहरूको यो प्रवृत्तिले मुलुकलाई नै लज्जास्पद स्थितिमा पुर्‍याएको बताउँदै खनालले भने, ‘अब त यो विषयमा कुरा गर्नै मन छैन, शरम लाग्छ । हामीले बोलेर के हुन्छ ? कसैले सुन्दैन, भो, केही नबोलौं, सरी ।’ उता संवैधानिक समितिका सभापति नीलाम्बर आचार्य भने राजनीतिक दलहरूले जसरी भए पनि सहमतिमा नपुगी सुखै नपाउने बताउँछन् । नेपाली कांग्रेस पनि अन्तिममा सहमतिमा आउने पर्नेमा जोड दिँदै आचार्य भन्छन्, ‘प्रमको उम्मेदवारी फिर्ता लिनुभन्दा पहिले ठूला दलहरू सहमतिमा पुग्नैपर्छ ।’ वर्ष ६, अंक ३१, शुक्रवार, २२ असोज २०६७

बालुवाटारमा देउवा के सोचिरहेका छन् ?

काठमाडौँ : २०७४ सालको चुनावमा लज्जास्पद हारसँगै पाँच वर्षका लागि प्रतिपक्षमा थन्किएको नेपाली कांग्रेस भाग्य भरोसाका कारण अहिले सत्तामा छ । माओवादी र एमाले मिलेर कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा सीमित गर्दा पनि सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आत्तिएका थिएनन् । कम्युनिष्ट मिलेपछि के लाग्छ ? भन्दै उनी प्रतिपक्षमा बसिरहेका थिए । देशको सबैभन्दा लामो […]

लुम्बिनी घटना लज्जास्पद र आपत्तिजनक छ : नेपाली कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आइतबार भएको घटनाक्रमलाई घोर अलोकतान्त्रिक भएको जनाएको छ। सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशमा भएको घटना संविधानको ठाडो उल्लंघन, बलमिच्याईं अलोकतान्त्रिक भएको जनाएका छन्। देउवाले उक्त अलोकतान्त्रिक प्रवृत्तिको कडा निन्दा र भत्सर्नासमेत गरेका छन्।‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन