अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न नहुने मन्त्रिपरिषद्को निर्णयबारे पत्राचार अड्किरहेका बेला दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौंमा उत्रँदै छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन प्रक्रिया अघि नबढिरहेका बेला गत वर्ष मंसिर १ मा पनि उनी नेपाल आएका थिए ।