वित्तीय समानीकरण अनुदानको रकम निर्धारण : प्रदेशलाई ६० अर्ब र स्थानीयलाई ८८ अर्ब सिफारिस

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको छ । आगामी आर्थिक बर्षका लागि प्रदेशलाई रु ६० अर्ब र स्थानीय तहलाई रु ८८ अर्ब बराबर वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएको आयोगले जनाएको […]

सम्बन्धित सामग्री

गुल्मीका स्थानीय तहलाई एक अर्बभन्दा बढी अनुदान

गुल्मीका स्थानीय तहले एक अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नेपाल सरकारबाट हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम निर्धारण गरी सार्वजनिक गरेको छ ।

प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस

काठमाडौँ- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको छ ।  आगामी आवका लागि प्रदेशलाई रु ६० अर्ब र स्थानीय तहलाई रु ८८ अर्ब बराबर वित्तीय समानीकरण अनुदान उप...

प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस

काठमाडौँ- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको छ ।  आगामी आवका लागि प्रदेशलाई रु ६० अर्ब र स्थानीय तहलाई रु ८८ अर्ब बराबर वित्तीय समानीकरण अनुदान उप...

प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानकोे रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको छ । आगामी आवका लागि प्रदेशलाई रु ६० अर्ब र स्थानीय तहलाई रु ८८ अर्ब बराबर वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएको आयोगले जनाएको छ …

कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकार कमजोर

काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकार कमजोर देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधवार सार्वजनिक गरेको प्रदेश सरकारको कार्यसम्पादन सूचकसम्बन्धी विवरणअनुसार कुनै पनि प्रदेशले ४५ प्रतिशतभन्दा माथि अंक प्राप्त गरेका छैनन् । आयोगको विवरणअनुसार प्रदेश नं १ ले सबैभन्दा बढी ४४ दशमलव तीन अंक पाएको छ । मधेश प्रदेशको कार्यसम्पादन अंक सबैभन्दा कम  २० दशमलव ५ रहेको छ । बागमती प्रदेशले ३६ दशमलव एक, गण्डकी प्रदेशले ३८ दशमलव पाँच, लुम्बिनी प्रदेशले ३४ दशमलव ४, कर्णाली प्रदेशले २५ दशमलव ९ र सुदूरपश्चिम प्रदेशले २६ दशमलव १ अंक पाएको आयोगले बताएको छ । ‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८’का आधारमा मूल्यांकन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अंक प्रदान गर्छ । कार्यसम्पादनबाट प्राप्त अंकका आधारमा प्रदेश तथा स्थानीय तहले संघ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानूनी प्रावधान छ । प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिश गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्यांकन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचक हेरेर प्रदेशको कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ । यसमा लेखापरीक्षण, बेरुजु फछ्र्योट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व संकलनलगायत विषयलाई सूचकको रूपमा राखिएको छ । वित्त आयोगका अनुसार दुई सूचकमा कुनै पनि प्रदेशले अंक प्राप्त गर्न सकेका छैनन् । सूचक नं २ मा रहेको ‘प्रदेशले स्थानीय तहलाई प्रदेश कानूनबमोजिम आयोगले तोकेको आधार लागू गरी सशर्त अनुदान प्राप्त गरेको वा नगरेको’ हेर्ने गरिन्छ । तर कुनै प्रदेशले यस्तो अनुदान नगरेको देखिएको छ । त्यस्तै, सूचक नं ३ मा ‘आर्थिक वर्ष २०७८/७९ मा सवारीसाधन करबापत बाँडफाँट गरिएको ४० प्रतिशत रकम प्रदेश सरकारले मासिक रूपमा सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा गरेको वा नगरेको’ हेरिएको थियो । रासस

प्रदेश १ सरकारद्वारा तीन दिन सार्वजनिक बिदा थप

विराटनगर (अस) । प्रदेश १ सरकारले २०७९ सालमा संघीय सरकारले तोकेको भन्दा थप तीन दिन सार्वजनिक बिदा दिने भएको छ । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश क्यालेण्डर स्वीकृत गर्दै थप बिदाको निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्तुत गरेको २०७९ सालमा प्रदेश सरकारले दिने सार्वजनिक बिदासम्बन्धी प्रस्ताव स्वीकृत गरिएको छ, जसअनुसार भदौ ४ गते राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते छठ पर्व र कात्तिक २५ गते फाल्गुनन्द दिवसमा प्रदेशभरि सार्वजनिक बिदा दिइने भएको छ । संघीय सरकारले तोकेको बाहेक प्रदेश सरकारलाई थप ६ ओटा बिदा दिन पाउने अधिकार छ । मन्त्रिपरिषद् बैठकले आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ । गम्भीर रोग लागेका बिरामीलाई उपचार खर्च दिनेगरी प्रस्ताव स्वीकृत भएको हो । बैठकले अन्तरराष्ट्रिय विकास सहायता परिचालन तथा समन्वय सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने तथा वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने निर्णय गरेको छ । बैठकले कृषि मन्त्रालयले प्रस्तुत गरेको ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान (पहिलो संशोधन नियमावली, २०७८) समेत स्वीकृत गरेको मन्त्री घिमिरेले जानकारी दिए । पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन पनि बैठकले स्वीकृत गरेको छ । यस्तै प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक, २०७८ प्रदेशसभामा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा सिरिजङ्घा प्रथम

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाको प्रथम भएको हो ।