सडक दुर्घटना न्यूनीकरणका लागि काम थाल्ने लुम्बिनी प्रदेश सरकारको घोषणा

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले सडक दुर्घटनाबाट हुने अकाल मृत्युबाट नागरिकलाई बचाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘नेशनल रोड सेफ्टी काउन्सिल नेपाल’ले आयोजना गरेको सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरीय जनचेतनामूलक कार्यक्रम बोल्दै मन्त्री पन्थीले उक्त कुरा बताएका हुन् । ‘बढ्दो दुर्घटनाका कारण हाम्रो समाज आक्रान्त छ, […]

सम्बन्धित सामग्री

लुम्बिनीमा दुर्घटना न्यूनीकरण गर्न कार्यदल बनाइने

लुम्बिनी प्रदेश सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि कार्यदल बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेशभित्रका ठूला दुर्घटनाको अध्ययन गरी भविष्यमा यस्ता प्रकृतिका दुर्घटनाको पुनारावृत्ति नहोस् भन्ने उद्देश्यले मन्त्रालयले सुरक्षा निकाय,...

पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा

वालिङ( स्याङ्जा) । पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाले राजमार्ग स्तरोन्नतिको माग गरेका हुन् ।सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडकखण्डको १५७ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षौँदेखि आवाज उठ्दै आएको छ । स्याङ्जाको गल्याङ, वालिङ, भिरकोट, पुतलीबजारलगायत ठाउँमा सार्वजनिक सुनुवाइ गरी सरोकारवालाको राय तथा सुझाव सङ्कलन गरिएको सडक विभागका प्रतिनिधि युवराज सत्यालले बताए । बुटवलबाट पोखरासम्म सुझाव सङ्कलन गरिएको उनले बताए । ‘सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदै गएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प छैन’, वालिङ नगरप्रमुख कृष्ण खाँण बताउँछन् ।स्याङ्जालीको भविष्यसँगै जोडिएको उक्त राजमार्गको स्तरोन्नति गर्नु अत्यावश्यक रहेको उनले बताए । सडक छेउछाउका बासिन्दा पटक(पटक आतङ्कित भइरहनुभन्दा एकपटक दीर्घकालीन हुने गरी सडक विस्तार गर्ने हो भने सबैलाई राम्रो हुने उनले बताए । ‘भैरहवामा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पर्यटकीय सहर पोखरामा रहेको अन्तरराष्ट्रिय विमानस्थललाई जोड्ने यो सडकको स्तरोन्नति गर्न सकेमात्रै स्याङ्जाको भविष्य उज्वल छ’, उनले भने, ‘त्यसका लागि आवश्यक बजेट र कार्यान्वयनमा सबैले सहयोगसमेत गर्नुपर्दछ, होइन भने हामी नै पछाडि पर्दै जानेछौं।’ सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका घरटहरा बचाऔँ सङ्घर्ष समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले हिजो घरटहरा बचाउनुपर्छ भनेर विरोध गरियो तर आजको विरोध फेरिएको बताए । ‘हिजोका दिनमा सडकको स्तरोन्नतिका लागि सङ्घर्ष समिति नै बनाएर विरोध भयो’, उनले भने, ‘अब पनि सडकको स्तरोन्नति गर्ने, चौडा गर्ने, घुम्ती कटान नगर्ने हो भने यो सडक भएर यातायातका साधन नगुड्ने र अन्यत्र खुलेका वैकल्पिक मार्गबाट सवारीसाधन गुड्ने भएकाले स्याङ्जा जिल्ला नै पछाडि पर्न सक्ने भएकाले हिजोको विरोध र आजको विरोधमा फरक आएको हो ।’ सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको ५२ वर्ष पुग्यो तर अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्नु दुःखद् रहेको स्याङ्जाका विभिन्न ठाउँमा सरोकारवालाले उठाएको आवाज हो । सडकका घुम्ती काट्ने, चौडा बनाउने कार्यले हालको सडकमा करीब ३२ किलोमिटर छोटिने दाबी छ । घुमाउरो र साँघुरो भएकै कारण सडक दुर्घटना हुनसक्ने भएकाले यसको स्तरोन्नति गरी यात्रा सुरक्षित गराउनका लागि अब सबै एकजुट भएर सम्बन्धित निकायमा दबाब दिनुपर्ने आवाज उठ्ने गरेको छ । हालको अवस्थामा रहेको सिद्धार्थ राजमार्ग अवस्थामा स्तरोन्नति गरी हरेक मौसममा सञ्चालन रहने गरी दुई लेन बिटुमिनस मापदण्डमा बनाउने योजना रहेको छ ।भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्गको सबैभन्दा धेरै ६७ दशमलव २ किलोमिटर भाग स्याङ्जा जिल्लामा पर्छ ।गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने त्यसमा पनि तराईलाई पहाडसँग जोड्ने मुख्य सडकको रूपमा यो राजमार्ग रहेको छ । यो सडक हाल ६ दशमलव ८ देखि ७ मिटर चौडा रहेको छ । अब स्तरोन्नति हुने सडक क्यारिजवे चौडाइ सात मिटर र सोल्डर सडकको दुवैतिर १ दशमलव ५ मिटर गरी कुल १० मिटर चौडाइ रहने छ । उक्त सडकमा पाइप कल्भर्ट ३२५, स्ल्याब कल्भर्ट ४३३ र आर्क कल्भर्ट १६ ओटा रहने छन् । पुल ३७ ओटा निर्माण गरिने प्रस्तावित गरिएको छ । विस्तारित सडकखण्डमध्ये ४७ दशमलव १ हेक्टर वन क्षेत्रअन्तर्गत पर्ने आकलन गरिएको छ । यस सडकखण्डमा ४३ ओटा सामुदायिक वन र एक धार्मिक वन पर्दछ । सडक विस्तारका क्रममा दायाँबायाँ गरी २ हजार ८८६ ओटा रुख कटान गर्नुपर्ने छ । आयोजना क्षेत्रमा पर्ने स्तनधारी वन्यजन्तु, सरीसृप, विभिन्न प्रजातिका चरा, विभिन्न प्रजातिका माछा संरक्षणमा ध्यान दिनुपर्ने देखिएको छ ।रासस

लुम्बिनी प्रदेशमा ट्रमा सेन्टर खाेल्न सांसद राजेन्द्रलक्ष्मी गैरेले राखिन् माग

काठमाडाैंँ- नेकपा एकीकृत समाजवादीकी सांसद राजेन्द्र लक्ष्मी गैरेले लुम्बिनी प्रदेशमा एउटा ट्रमा सेन्टर स्थापना गर्न माग गरेकी छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले लुम्बिनी प्रदेश अन्तर्गतको त्रिवेणी, सुस्ता र बर्दघाटको दाउन्ने क्षेत्रमा धेरै सडक दुर्घटना हुने गरेको र तत्काल स्वास्थ्योपचारका लागि समस्या हुने गरेको भन्दै सो क्षेत्रलाई केन्द्रित गरेर एउटा ट्रमा […]