बम, बारुद, लडाइँ र रक्तपातका विभीषिका प्रत्यक्ष बेहोरेका सैनिकहरूमा पछि ती स्मृतिले मानसिक आघात देखिने समस्या अहिले धेरै मुलुकमा छ । राजनीतिक इतिहासका कतिपय विन्दुमा युद्ध सैन्य जीवनको अनिवार्य पाटो बन्छ, जस्तै— हाम्रो दसवर्षे माओवादी युद्ध । हामी बाँचेको भूगोलका कतिपय कुनामा लडाइँ नित्य सत्य हो, जस्तै— कश्मीरको सीमाद्वन्द्व । नेपाली युवा भरभराउँदो उमेरमा यस्तै जटिल युद्धभूमिमा लड्न पठाइएका छन् । सीमायुद्धमा खटाइएका छन् । गृहयुद्धमै परिचालित भएका छन् ।