सक्कली र नक्कली लाइसेन्स कसरी छुट्याउने ?

१ लाख २ हजार सवारी चालक अनुमतिपत्र नक्कली भन्ने सुन्दा कतै मेरो पनि नक्कली त छैन भनेर झस्किएँ । यातायात व्यवस्था विभागको प्रणालीभित्र छिरेर नक्कली लाइसेन्स बनाउने अभियोगमा नेपाल सरकारका उपसचिवसहित १५ जनाविरुद्ध किर्ते अभियोगमा मुद्दा दायर भएको समाचार सुन्दा भने खुसी लाग्यो । यस्ता किर्ते गर्ने व्यक्तिको खोजीकार्यले निरन्तरता पाउनुपर्छ । सरकारी कर्मचारी भएर किर्ते गर्छ भने त्यस्तालाई हदैसम्मको कारबाही हुनुपर्छ ।

सम्बन्धित सामग्री

‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या

सरकारले जारी गरेका ‘स्मार्ट लाइसेन्स’ को चेकजाँच ट्राफिक प्रहरीबाट हुन्छ तर ती सक्कली वा नक्कली हुन् भन्ने थाहा पाउने प्रविधि नै प्रहरीसँग छैन । ट्राफिक प्रहरीले आँखाले हेरेर लाइसेन्स जाँच गरिरहेको छ । लेखिएको विवरण त प्रहरीले पढ्छ तर सक्कली हो कि नक्कली पहिचान गर्ने विशेष यन्त्र सडकमा खटिने ट्राफिक प्रहरीसँग छैन । यातायात व्यवस्था विभागले हालसम्म झन्डै ४० लाख स्मार्ट लाइसेन्स वितरण गरेको छ । प्रविधिका हिसाबले नक्कली बनाउन नमिल्ने गरी सुरक्षित दाबी गरिए पनि कर्मचारीको मिलेमतोमा नै नक्कली लाइसेन्स वितरण भएका छन् । सामान्य चेकजाँचले ती पत्ता लागेका होइनन्, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष अनुसन्धानबाट मात्र पत्ता लागेको हो ।

अब ठाउँको ठाउँ पत्ता लाग्छ नक्कली लाइसेन्स

यातायात व्यवस्था विभागको कार्यालयले नेपाल प्रहरीलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली वा नक्कली परीक्षण गर्ने उपकरण हस्तान्तरण गरेको छ । नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका दुर्घटनाको न्यूनीकरणका लागि विभागले स्मार्ट लाइसेन्सको परीक्षण उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । विभागका तर्फबाट महानिर्देशक टोकराज पाण्डेयले नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक …

कतै तपाईँले नक्कली लाइसेन्स बाेकिरहनुभएकाे छैन, अब ठाउँकाे ठाउँ जाँच हुन्छ

काठमाण्डाै – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली हो वा नक्कली हो भनेर फिल्ड (ठाउँकाे ठाउँ) मै जाँच गर्न सक्ने व्यवस्था सुरु गरेको छ ।यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र जाँच गर्ने मोबाइल एप्स विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आज साेमवार हस्तान्तरण गरेपछि अब ट्राफिक प्रहरीले फिल्डमै जाँच गर्न सक्ने भएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली र सक्कली छुट्याउन सकिने बताउनुभयो ।म...