काठमाण्डाै – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली हो वा नक्कली हो भनेर फिल्ड (ठाउँकाे ठाउँ) मै जाँच गर्न सक्ने व्यवस्था सुरु गरेको छ ।यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र जाँच गर्ने मोबाइल एप्स विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आज साेमवार हस्तान्तरण गरेपछि अब ट्राफिक प्रहरीले फिल्डमै जाँच गर्न सक्ने भएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली र सक्कली छुट्याउन सकिने बताउनुभयो ।म...