डडेल्धुरामा अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिकाको भासु भिरमा आएको पहिरो पन्छाइए पनि डोटीको गोल्डेन र डडेल्धुराको साहु खर्कमा अवरोध भएका कारण राजमार्ग खुलेको थिएन । बुधबार वर्षा बन्द भएपछि निरन्तर डोजर लगाएर पहिरो पन्छाएपछि अहिले राजमार्ग पूर्णरूपमा खुलेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । अत्तरियादेखि डडेल्धुरासम्म अब कुनै अवरोध छैन । पहिरो गएको ठाउँठाउँमा नयाँ ट्र्याक खोलेर र