कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताएका छन् ।
सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित १२औं राष्ट्रिय जनगणना २०७८ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनै पनि देशका लागि महत्त्वपूर्ण विषय हुने उल्लेख गरे ।
जनगणनाको तथ्यांकबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाए । उनले भने, ‘आजदेखि गणकहरू तपाईंहरूको पूर्ण विवरण लिन घरघरमा आउनुहुन्छ । सबैले आफ्नो यथार्थ, तथ्य र सत्य विवर...