काठमाडौं । राष्ट्रपति विद्यादेवी भेण्डारीसमक्ष चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । आज शीतल निवास पुगेर यान्छीले राष्ट्रपति भण्डारीसमक्ष विदाई भेट गरेकी हुन् । भेटमा नेपाल र चीनको आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।