७ असार, काठमाडौं । धरानस्थित वीपी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कुनै पनि हालतमा आंगिक क्याम्पस बनाउन नदिने सरोकारवालाहरुले बताएका छन् । सरकारले हालका स्वास्थ्य विज्ञान प्रतिष्ठान खारेज गर्ने गरी छाता ऐन ल्याउने तयारी गरिरहेको छ । प्रतिष्ठानलाई नियमन गर्न एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐनभित्र राख्ने तयारी गरेपछि सरोकारवालाहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष […]