प्रधानमन्त्री छोरी उत्थानका लागि विनियोजित बजेटले आमछोरीहरूको अपमान भयोः कांग्रेस सांसद बलायर
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमका लागि विनियोजित बजेटले आमछोरीहरूको अपमान गरेको टिप्पणी गरेका छन् ।
एमाले सांसद भीम रावलले प्रतिनिधिसभाको बुधबारको बैठकमा रोस्ट्रम कब्जा गरी संसद्को गतिविधि अवरुद्ध गरेकोप्रति कांग्रेस सांसद रंगमति शाहीले आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा लामो संसदीय अनुभव भएको रावलले रोस्ट्रम कब्जा गरेको विषयलाई सभामुखले गम्भीर रूपमा लिनुपर्ने पनि सांसद शाहीको भनाइ थियो ।
कांग्रेस नेता शेखर कोइरालाले गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममा कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्री नबनाइनु पार्टीले गरेको अक्षम्य भूल भएको बताएका छन् । उनले दलित समुदायको प्रतिनिधित्त्वलाई लत्याइनु दुर्भाग्यपूर्ण र दलित समुदायप्रतिको अपमान भएको टिप्पणी गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र आफ्ना मतदाताको अपमान गरिएको भन्दै सिंहले राजीनामा दिने चेतावनी दिएका हुन् ।