पार्थिव शरीर दान दिइएपछि सत्याेहन जाेशीकाे जन्मकुण्डली जलाइयाे

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर उनकै इच्छाअनुसार अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई दिएपछि उनको जन्म कुण्डली वागमती घाटमा जलाइएको छ । जोशीका जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशीले जन्मकुण्डली जलाएका हुन् । नेपालका धरोहरका रुपमा रहेका उनको आज बिहान निधन भएको थियो । तस्बिर : गिरीश गिरी

सम्बन्धित सामग्री

सत्यमोहन जोशीको पार्थिव शरीर कहिलेसम्म कसरी राखिन्छ ?

काठमाडौं । संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ वर्षको उमेरमा आज बिहान निधन भयो । उनको शव किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ग्वार्को ललितपुरमा राखिएको छ । जोशीले २०७७ साउन २९ गते आफ्नो मृत्युपर्यन्त मेडिकल अध्ययन प्रयोजनका लागि किस्ट मेडिकल कलेजलाई शरीर दान गरेका थिए । जोशीको सोही...

शताब्दी पुरूष जोशीको पार्थिव शरीर किस्ट मेडिकल कलेजलाई

काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर किस्ट मेडकल कलेजलाई बुझाइएको छ । अध्ययनका लागि आफ्नो पार्थिव शरीर दान गर्ने घोषणा गरेका जोशीको शव ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतको उपस्थितिमा अस्पताललाई बुझाइएको हो । नेपाली इतिहासका धरोहरका रुपमा रहेका जोशीको आज विहान निधन भएको थियो ।

अलबिदा ‘शताब्दी पुरुष’ (फाेटाे फिचर)

ललितपुर – वाङ्मय शताब्दी पुरुष सत्यमाेहन जाेशीकाे पार्थिव शरीर किस्ट अस्पताल लगिएकाे छ । ललितपुर महानगरपालिकाकाे प्राङ्गणमा श्रद्धाञ्जली दिन राखिएकाे जाेशीकाे पार्थिव शरीर अध्ययनका लागि किस्ट अस्पतालमा राखिने भएको छ । पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किस्ट मेडिकल कलेजले जनाएको  छ । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो ।  शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा आज बिहान किस्ट अस्पतालमै निधन भएकाे थियाे । ललि...

शताब्दी पुरुष जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने

काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भएको छ । पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किष्ट मेडिकल कलेजले जनाएको  छ । उहाँको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेजमै राख्ने तयारी छ । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । अहिले जोशीको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । यस्तै, दिउँसो साढे १२ बजेदेखि दिउँसो ४ बजेसम्म ललितपुर महानगरपालिका परिसर पुल्चोकमा अन्तिम श्रद्धाञ्जलीक...

सत्यमोहनको शरीर नजलाइने, अध्ययनका लागि राखिने

३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा […]