अलबिदा ‘शताब्दी पुरुष’ (फाेटाे फिचर)

ललितपुर – वाङ्मय शताब्दी पुरुष सत्यमाेहन जाेशीकाे पार्थिव शरीर किस्ट अस्पताल लगिएकाे छ । ललितपुर महानगरपालिकाकाे प्राङ्गणमा श्रद्धाञ्जली दिन राखिएकाे जाेशीकाे पार्थिव शरीर अध्ययनका लागि किस्ट अस्पतालमा राखिने भएको छ । पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किस्ट मेडिकल कलेजले जनाएको  छ । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो ।  शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा आज बिहान किस्ट अस्पतालमै निधन भएकाे थियाे । ललि...