कमल थापाको नेतृत्वमा घोषणा भयो राप्रपा नेपाल

कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ ।  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिवार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै पार्टी घोषणा गरिएको हो ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका थिए ।  राप्रपा महाधिवेशनमा राजेन्द्र लिङदेनसँग थापा पराजित भएका थिए । महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्नुपर्ने माग गरेका थिए ।  तर, लिङदेनले सो विषयमा कुनै च...

सम्बन्धित सामग्री

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइँटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता घोषणा भएको छ ।  राष्ट्रिय सभा गृहमा मंगलबार आयोजित कार्यक्रममार्फत पार्टी एकता घोषणा गरिएको हो । सो कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंङ्गा सावित हुने दाबी गरे ।  यस्तै मोर्चाका नेता तारानाथ लुइँटेलले […]

राप्रपाबाट निकाल्ने षडयन्त्र भएपछि बाहिरिएको हुँ, पार्टी फुटाएको होइन : कमल थापा

हेटौंडा, १७ चैत : राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने गरेर कुनै पनि नराम्रो काम नगरेको स्पष्ट पारेका छन् । आज गृहजिल्ला मकवानपुरको हेटौंडामा भएको राप्रपा नेपाल, मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मकवानपुरले आफुलाई धेरैनै माया गरेको बताए । ‘मकवानपुरका दाजुभाई तथा दिदिबहिनिहरु । तपाईहरुले […]

मकवानपुरको शिर निहुरिने कुनै नराम्रो काम गरेको छैनँ : कमल थापा

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने कुनै पनि नराम्रो काम नगरेको दाबी गरेका छन्।गृहजिल्ला मकवानपुरको हेटौंडामा आज (बिहीबार) भएको राप्रपा नेपाल मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मकवानपुरले आफूलाई धेरै नै माया गरेको बताए।‘मकवानपुरका दाजुभाइ तथा दिदी बहिनीहरूले मलाई धेरै माया गर्नु भएको छ। मेरो राजनीतिक जीवनको उकालीओरालीमा हरेक संकट र चुनौतीमा तपाईंले मलाई अपार स्नेह माया र सदभाव दिनुभएको छ,'

कमल थापा भन्छन्ः राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाउँछौँ

भक्तपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गरेका छन्। राप्रपा नेपाल भक्तपुर जिल्ला समितिले आज सूर्यविनायकमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेलामा उनले आफ्नो पार्टीले सनातन हिन्दु राष्ट्र कायम गर्ने एजेण्डा बोकेर अगाडि बढ्दै देशको बलियो राष्ट्रवादी शक्ति बनाउने बताए। पार्टीले नेपाली माटो र परिवेश सुहाउँदो गरी […]

अब विगतको गल्ती दाेहाेर्‍याउँदिन : कमल थापा

काठमाण्डाै – राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमी–कमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अडाडि बढाउने बताउनुभएको छ ।  राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (राप्रविसं) नेपालको घोषणा सभालाई हिजाे बिहीवार सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताउनुभयो । संवर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडि जाने बताउँदै उहाँले ...

अब खुला छौं, सबै साथीहरूलाई स्वागत छ–कमल थापा

काठमाडौं–राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए । सो क्रममा उनले अब राप्रपा नेपाल प्रजातान्तित्र शक्तिका रुपमा रहने पनि बताए । यस्तै उनले राष्ट्रवादी, सनातन धर्म र संस्कृतिप्रति कटिबद्ध शक्तिका रुपमा समेत […]

भोलि पार्टी घोषणा गर्दै कमल थापा

काठमाडौं– कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको शुक्रबार जानकारी दिँदै उनले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका हुन् । अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू पाँच वर्षको अलमलपछि […]

कमल थापाले ब्युँताए राप्रपा नेपाल

कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन् । पार्टीको घोषणा सभा फागुन ७ गते काठमाडौंमा हुनेछ ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले आइतवार राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका छन् । ‘जब उहाँले (कमल थापा) पार्टी एकीकरणको नाममा राप्रपामा समाहित हुनु भयो मैले राप्रपा नेपाललाई बचाई राख्ने अठोट गरेँ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एक दिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यक पर्नेछ भन्ने मेरो स...

‘राप्रपा नेपाल’ ब्युँताउँदै कमल थापा, साइत हेरेर घोषणा गर्ने

राप्रपा परित्याग गरेका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताउने तयारी गरेका छन् । गत मंगलबार पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका थापाले राप्रपा नेपाल नै ब्युँताउन लागेका हुन् । राप्रपा उच्च स्रोतका अनुसार पार्टीका लागि विभिन्न नामबारे छलफल हुँदा राप्रपा नेपाल नै ब्युँताउन उपयुक्त भएको धेरैको सुझाव आएको थियो । ‘नयाँ नाममा पार्टी दर्ता गर्नेभन्दा पनि हाम्रो पार्टी राप्रपा नेपाल नै हुने भयो,’ ती नेताले रातोपाटीलाई भने, ‘त्यो पार्टी पहिले नै दर्ता छ