काठमाण्डाै – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मत लिनबाट रोक्ने निर्णय गरेको छ । मङ्गलवार (आज) बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत लिनबाट रोक्ने निर्णय गरेको नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।यस्तै बैठकले सरकारले थप अध्यादेश ल्याएकोमा पनि विरोध गरेको छ । संसद् बोलाइ सकेपछि पनि अध्यादेश ल्याउनु सरकारको गलत मनसाय भएको कांग्रेसको ठहर छ ।यस्तै सरकार कोरोना महामारी रोकथामका लागि गम्भीर नभएको भन्दै बैठकले महामारी नियन्त्र...