पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनमा समस्या देखिएको छ। सङ्ग्रहालयका लागि आवश्यक कर्मचारी नभएपछि सङ्ग्रहालयलाई नियमित सञ्चालन गर्न समस्या भएको हो। सङ्ग्रहालयका लागि माली, सरसफाइकर्मी तथा सुरक्षाकर्मी आवश्यक भए पनि यी पदमा दरबन्दी स्वीकृत भएको छैन। लुम्बिनी प्रदेश सरकारले चालु आव २०८०/८१ मा एक जना अधिकृतसहित छ जनाको दरबन्दी स्वीकृत गरेको छ। स्वीकृत दरबन्दीमा माली, सुरक्षाकर्मी र सरसफाइकर्मीको दरबन्दी छैन। यसले दरबार सङ्ग्रहालय नियमित सञ्चालन गर्न समस्या भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ।