पाल्पा दरबार संग्रहालय विकास समितिमार्फत सञ्चालन हुने

लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय पाल्पा दरबार संग्रहालय सञ्चालनका निम्ति विकास समिति गठन गर्ने तयारी गरेको छ । पाल्पाको ऐतिहासिक सम्पदाका रूपमा पाल्पा दरबार संग्रहालयलाई लिइन्छ । यसअघि पाल्पा दरबार कर्मचारीको नेतृत्वमा रहे पनि अब विकास समितिमार्फत सञ्चालन गर्न लागिएको हो । कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनका लागि विकास समिति गठन आदेश, २०७८ स्वीकृति गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले बताए । पाल्पा दरबार २०६२ माघ १८ गते तत्का...