सोनिया भट्ट टोकियो ओलम्पिकमा पहिलो खेलमै पराजित

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पराजित भएकी छन् । राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । १९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन् । सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी […]

सम्बन्धित सामग्री

ओलम्पिक यात्राबाट नेपाली जम्बो टोली रित्तो हात फर्कियो

अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व खेलकुदको कुम्भमेला ३२औं गीष्मकालीन ओलम्पिकमा नेपालबाट ४ खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जलपरी गौरिका सिंह, एलेक्स शाह र सुटिङकी कल्पना परियारले आफ्नो प्रदर्शनमा सुधार गरे पनि अघिल्लो चरण पार गर्न सकेनन् । एथलेटिक्सकी सरस्वती चौधरीले औसतको प्रदर्शन गर्दा जुडोकी सोनिया भट्ट आफ्नो प्रतिद्वन्द्वीसामु टिकेर खेल्न नसक्दा यसपटकको ओलम्पिकमा नेपाल सहभागितामै सीमित बन्यो । ...

टोकियो ओलम्पिक : जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित

जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन्। केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहेकी छन् । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय बेहोर्नुपरेको हो । भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६

टोकियो ओलम्पिक २०२० : सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टको चुनौती समाप्त

टोकियो ओलम्पिक २०२० मा शनिबार बिहान भएको प्रतिस्पर्धामा नेपालका जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियारको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ ।

जुडो खेलाडी सोनिया भट्ट वाइल्ड कार्डबाट ओलम्पिकमा छनोट

१२ असार, काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् । टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि सुटिङकी कल्पना परियारले पनि टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् […]