रातारात निर्माण गरिएको कालोपत्रे सडक उप्कियो

महोत्तरीको एक स्थानीय तहमा रातारात गरिएको विकास निर्माणको काम कमसल भएको पाइएको छ । गौशाला नगरपालिकामा विकास निर्माणको नाममा रातारात वर्षाको समयमा निर्माण गरिएको कालोपत्रे सडक उप्किएको हो ।सडक डिभिजन कार्यालय जनकपुरधामको ८० लाख रुपैयाँको लागतमा तिरुपति बालाजी कन्स्ट्रक्सनले टेण्डर मार्फत गौशाला नगरपालिका स्थित निगौल चोकदेखि मरहा पुलसम्म कालोपत्रे गर्न ठेक्का पाएको थियो । निर्माण कम्पनीले बर्षा भइरहेको बेला हतार हतारमा कालोपत्रे गरेपछि उप्किन पुगेको हो। सडकको पिच निर्माण कमसल भएपछि गौशालाका स

सम्बन्धित सामग्री

भुक्तानी नपाएपछि बैतडी सदरमुकामको सडक तेश्रो पटक निर्माण गर्दै ठेकेदार

बैतडी । गत आर्थिक वर्ष २०७६/०७७मा निर्माण सम्पन्न भएको गढी–गोठलापानी कालोपत्रे सडक ६ महिनामै भत्किएपछि पुनः निर्माण गरिएको थियो । भत्किएका ठाउँहरुमा पुनः कालोपत्रे गरिएपनि फेरी ६ महिना नवित्दै भत्किदा तेश्रो पटक निर्माण थालिएको छ । पौने ३ करोडमा ठेक्का पाएको केएस कन्सट्रक्सन धनगढीले सडकको काम सन्तोशजनक नहुँदा आवतजावतमा समस्या छ । स्थानीय व्यापारी खिमानन्द भट्टले भने,‘ठेकेदारले […]

इटहरीमा फोहोर प्रशोधन केन्द्रको उद्घाटन, दैनिक ५५ टन फोहोर व्यवस्थापन हुँदै

चैत १८, सुनसरी । इटहरीको फोहोर व्यवस्थापनको चुनौती हटेको छ । फोहोर व्यवस्थापनका लागि फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि इटहरीको फोहोर मैला व्यवस्थापनमा सहज हुने भएको छ ।  अब दैनिक इटहरीले प्रत्येक दिन संकलन हुने ५५ टन फोहोरलाई प्रशोधन केन्द्रमार्फत प्रत्येक दिन ८०० केजी सम्म ग्यास उत्पादन गर्ने भएको छ । इटहरी वडा नम्बर १० मा निर्माण गरिएको केन्द्रको बिहीवार एमाले नेता एवं प्रदेश नं १ का पुर्वमुख्यमन्त्री भिम आचार्यले उद्घाटन गरेका छन् ।  इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएको हो ।  केन्द्र सञ्चालनका लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र मार्फत विश्व बैंकको ६० प्रतिशत अनुदान र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको छ । इटहरी उपमहानगरपालिकाले जग्गा, त्यहाँसम्म पुग्ने कालोपत्रे बाटो र पर्खाल निर्माण गरिदिएको छ ।  केन्द्र सञ्चालनमा आएपछि फोहोर मैलाको उचित व्यवस्थापनसँगै फोहोरबाट आम्दानी पनि हुने इटहरी उपमहानगरपालिकाले जानकारी दिएको छ । उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर जम्मा हुन्छ ।  केन्द्रमा प्रत्येक दिन ८०० केजीसम्म ग्याँस उत्पादन गर्ने क्षमता छ । सड्ने फोहोरबाट मात्र ग्याँस उत्पादन हुन्छ । नसड्ने फोहोरलाई रिसाइक्लिङ्ग गरेर विक्री गरिने चौधरीले जानकारी दिए ।  प्रदेश सांसद लिलम वस्नेतले इटहरीमा चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापनको कार्य व्यवस्थित हुनु नगरवासीकालागि खुशीको कुरा भएको बताए । नगर प्रमुख द्वारिकलाल चौधरीले प्रशोधन केन्द्रका कारण वडा नम्वर १० को विकासमा टेवा पुगेको बताए ।  उनले गुणस्तरीय कालोपत्रे सडक लगायत सम्झौता वमोजिमका अन्य कार्य गरिएको पनि दाबी गरे । उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षे कार्यकालकै एक गौरव गर्न लायक कार्य सम्पन्न भएको बताइन् ।

प्रधानमन्त्री ओलीद्वारा गृहजिल्लामा सडक र पुलको उद्घाटन

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलको उद्घाटन गरेका छन् । आज बिहान झापा आइपुगेका प्रधानमन्त्री ओलीले सङ्घीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरेका हुन् । छ दशमलव २१ किमी लम्बाइको सडकको लागत रु चार करोड १६ लाख …