इटहरीमा फोहोर प्रशोधन केन्द्रको उद्घाटन, दैनिक ५५ टन फोहोर व्यवस्थापन हुँदै

चैत १८, सुनसरी । इटहरीको फोहोर व्यवस्थापनको चुनौती हटेको छ । फोहोर व्यवस्थापनका लागि फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि इटहरीको फोहोर मैला व्यवस्थापनमा सहज हुने भएको छ ।  अब दैनिक इटहरीले प्रत्येक दिन संकलन हुने ५५ टन फोहोरलाई प्रशोधन केन्द्रमार्फत प्रत्येक दिन ८०० केजी सम्म ग्यास उत्पादन गर्ने भएको छ । इटहरी वडा नम्बर १० मा निर्माण गरिएको केन्द्रको बिहीवार एमाले नेता एवं प्रदेश नं १ का पुर्वमुख्यमन्त्री भिम आचार्यले उद्घाटन गरेका छन् ।  इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएको हो ।  केन्द्र सञ्चालनका लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र मार्फत विश्व बैंकको ६० प्रतिशत अनुदान र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको छ । इटहरी उपमहानगरपालिकाले जग्गा, त्यहाँसम्म पुग्ने कालोपत्रे बाटो र पर्खाल निर्माण गरिदिएको छ ।  केन्द्र सञ्चालनमा आएपछि फोहोर मैलाको उचित व्यवस्थापनसँगै फोहोरबाट आम्दानी पनि हुने इटहरी उपमहानगरपालिकाले जानकारी दिएको छ । उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर जम्मा हुन्छ ।  केन्द्रमा प्रत्येक दिन ८०० केजीसम्म ग्याँस उत्पादन गर्ने क्षमता छ । सड्ने फोहोरबाट मात्र ग्याँस उत्पादन हुन्छ । नसड्ने फोहोरलाई रिसाइक्लिङ्ग गरेर विक्री गरिने चौधरीले जानकारी दिए ।  प्रदेश सांसद लिलम वस्नेतले इटहरीमा चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापनको कार्य व्यवस्थित हुनु नगरवासीकालागि खुशीको कुरा भएको बताए । नगर प्रमुख द्वारिकलाल चौधरीले प्रशोधन केन्द्रका कारण वडा नम्वर १० को विकासमा टेवा पुगेको बताए ।  उनले गुणस्तरीय कालोपत्रे सडक लगायत सम्झौता वमोजिमका अन्य कार्य गरिएको पनि दाबी गरे । उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षे कार्यकालकै एक गौरव गर्न लायक कार्य सम्पन्न भएको बताइन् । 

सम्बन्धित सामग्री

फोहोर व्यवस्थापन जिम्मा सरकारलाई

काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ।...

टिआइएमा फोहोर व्यवस्थापन सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा बुधबारदेखि आन्तरिक रूपमै फोहोर व्यवस्थापन सुरु भएको छ । विमानस्थलमा रेस्टुरेन्ट, हवाई यात्रु, आगन्तुक र कर्मचारीबाट निस्किने फोहोर व्यवस्थापनका लागि अत्याधुनिक ‘इन्सिनेरेटर’ मेसिन सञ्चालनमा ल्याइएको हो । आन्तरिक टर्मिनलको...

उपत्यकाको फोहोर व्यवस्थापन एक साता प्रभावित हुने

काठमाडौं महानगरको फोहोर व्यवस्थापन एक साताका लागि प्रभावित हुने भएको छ । सिसडोलदेखि बन्चरेडाँडासम्मको दुई किमि सडक मर्मत गर्नुपर्ने भएकाले आइतबारदेखि एक साता फोहोर ढुवानी रोकिन लागेको हो ।  सिसडोल–बन्चरेडाँडातर्फको सडक स्थायी रूपमा...

राप्ती प्रादेशिक अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र स्थापना

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन हुने भएको छ। अस्पतालमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र स्थापना भएपछि उक्त समस्या समाधान हुने भएको छ। यसअघि अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन नहुँदा सर्वसाधारणले सास्ती...

चार महिनापछि फोहोर व्यवस्थापन

काठमाडौं, भदौ १८ । काठमाडौं महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गरे । वैशाख १२ देखि नै फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो । उनले भने, “विभिन्न कारणवश थुप्रिएको फोहोर […]

काठमाडौंका सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन

११ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहोर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन भए पनि टेकु ट्रान्फर स्टेशनमा राखिएको फोहोर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपा वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहोर व्यवस्थापन भइसकेको र यदि […]

एक हप्ताभित्र सबै फोहोर व्यवस्थापन गर्न बालेनको निर्देशन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन् । काठमाडौँका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२ सै वडामा लागू गरिएको छ ।हाल कामपाको फोहोर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भएपनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहोर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई

फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि

काठमाडौं, चैत ३० । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ ।घरघरबाट निस्कने फोहोरलाई प्रदूषण रहित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले गर्न जापानी प्रविधिको इन्सिनरेटर मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ । नगरपालिकाको आर्थिक सहयोग र हिटा हेभी मेसिनरी एन्ड रिसाइकलप्रालिको व्यवस्थापनमा घरघरबाट निस्कने फोहोरलाई […]

फोहोर व्यवस्थापन पुनः अनिश्चितकालका लागि ठप्प

काठमाडौं, फागुन २६ । स्थानीयको स्वामित्वमा रहेको करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीयवासीले बुधबारदेखि पुनः उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकेका छन् । सरकारले चैत अन्तिम वा बैशाख पहिलो साताभित्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने अन्तिम तयारी गरीरहँदा स्थानीयले भने फोहोर व्यवस्थापन ठप्प पारेका हुन् । स्थानीयले मुआब्जा लगायतका […]

समस्या नै समस्यामा फोहोर व्यवस्थापन

काठमाडौं । स्थानीयको स्वामित्वमा रहेको करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीयवासीले बुधबारदेखि उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकेका छन् । सरकारले चैत अन्तिम वा बैशाख पहिलो साताभित्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने अन्तिम तयारी गरीरहँदा स्थानीयले भने फोहोर व्यवस्थापन ठप्प पारेका हुन् । स्थानीयले आफ्नो माग पूरा नगरेको भन्दै […]