निषेधाज्ञा खुकुलो भएसँगै लुम्बिनी प्रदेशका जिल्लामा स्वास्थ्य सुरक्षा सतर्कता घटेको छ । मास्क नलगाउने बढेका छन् । असारमा बिहेको लगनसँगै खेतीपातीको याम छ । बजार खुलेपछि किनमेल गर्नेको भीड लाग्न थालेको छ ।
नेपालीहरूको ठूलो चाड दसैं सुरु भइसकेको छ । १५ दिनसम्म घुमधामका साथ मनाइने यो पर्वभरि यस वर्ष निकै भिडभाड र रमझम हुने देखिएको छ । कोरोना महामारी संक्रमणमा सोचेको जस्तो कमी नआए पनि देशमा निषेधाज्ञा वा लकडाउन नभएकाले मानिसमा सहज मनोविज्ञान निर्माण हुन पुगेको छ । यसले कोरोना महामारीको संक्रमणलाई हरेकको सोचको पछाडितिरको पर्दाभित्र धकेलिदिएको […]
The post दसैंसँगै कोरोना संक्रमण सतर्कता जरुरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
दैनिकीलाई चलायमान बनाउनका लागि निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्छ । निषेधाज्ञाकै कारणले मात्र सङ्क्रमणको जोखिम रोकिन्छ भन्ने पनि होइन । सरकारले बिस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने नीति लिएको छ । अहिले सार्वजनिक गाडी, पसल तथा कार्यालयहरु सञ्चालनमा आएका छन् । निषेधाज्ञा खुकुलो भएर गाडी, पसल र कार्यालयहरु सञ्चालनमा आउनुलाई सङ्क्रमण मुक्त भयौँ भन्ने बुझ्नु जोखिमपूर्ण हुन्छ । निषेधाज्ञा खुकुलो बन्दै जाँदा हामीले अझै धेरै सतर्कता अपनाउनुपर्ने हुन्छ ।
सार्वजनिक यातायात, कार्यालय र पसल भीडभाड हु...
RajdhaniDaily.com | मनसुन सुरु हुने समयको आगमनसँगै कृषिजन्य कार्य तथा उत्पादनका अन्य कार्यमा निषेधाज्ञा परिस्थितिअनुसार खुकुलो परिने निर्णय भएपछि जुडा असारे तथा साउने खेतमा - उच्च सतर्कता
जनकपुरधाम : सिरहामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। यससँगै प्रदेश २ का आठवटै जिल्लामा निषेधाज्ञा जारी भएको छ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको अनुसार सिरहा जिल्ला संकट व्यवस्थापन केन्द्रको आज शनिबारको निर्णयले शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।
प्रजिअ कँणेलले भने, ‘विज्ञको भने अनुसार नागरिकले सतर्कता अपनाए कोरोना न्यूनीकरण हुनेछ। त्यसैले निषेधाज्ञाको पालना हुन्छ भन्ने विश्वास छ। अटेर गरेमा अझै कडाइ गर्दै लग्नेछौं...
फुङ्लिङ । ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द भएका छन् । जिल्लामा तीव्ररुपमा कोभिड–१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो । फुङ्लिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुका कार्यालयहरु सञ्चालन हुँदै आएपछि […]
ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द भएका छन् । जिल्लामा तीव्ररूपमा कोभिड–१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो । फुङलिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएको छ ।निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरूका कार्यालयहरु सञ्चालन हुँदै आएपछि जिल्ला प्रशासन कार्यालयले आज शुक्रबारदेखि नै लागू हुने गरी बन्द गर्ने निर्देशन गरेको थियो । अत्यावश्यक परेमा एकजना क
म्याग्दी । समुदाय स्तरमै कोरोना संक्रमणको दर बढेपछि म्याग्दीमा बुधबार राती १२ बजेदेखि १० दिने निषेधाज्ञा जारी भएको छ । धवलागिरि गाउँपालिकामा पनि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि पालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
बुधवार गाउँपालिका अध्यक्ष थमसरा पुनद्वारा जारी गरिएको सूचनामा वैशाख २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका, वडा र सेवा केन्द्रमार्फत प्रवाह हुने नियमित सेवा बन्द गरिएको जनाइएको छ ।
यसअघि विद्यालयमा भौतिक रुपमा उपस्थित भई पठनपाठन बन्द गरिएकामा कोरोनाको जोखिम न्यूनीकरण नभएपछि थप कदम चालिएको गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाले नागरिकलाई मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले हात धुन र स्यानिटाइज गर्ने कार्यमा जोड दिन आग्रह गरेको छ ।
गाउँपालिकाले नागरिकलाई भीडभाड नगर्न, काजकिरिया, जन्ती, मलामी तथा अन्य सांस्कृतिक कार्यमा समेत भिड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न, विदेशबाट र जोखिमयुक्त ठाउँबाट आएकालाई १० दिन अनिवार्य होम क्वारेन्टाइन बस्न र लक्षण देखिए तुरुन्तै स्वास्थ्य परीक्षण गराउनसमेत सुझाइएको छ ।
बुधवार ताकममा गरिएको एन्टिजिन परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ । गाउँपालिकाका अनुसार धवलागिरिमा हालसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ४ जना बेनीका छन् भने अन्य आफ्नै घरमा होम आइसोलेसनमा बसेका छन् ।
म्याग्दीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बेनी अस्पतालमा उपचार गराउन आएका र लक्षण देखिएका ४२ जनाको स्वाब संकलन गरी पिसिआरका लागि पोखरा पठाइएकामध्ये २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यो संख्याको संक्रमण म्याग्दीमा अहिलेसम्मकै बढी हो । संक्रमितमध्ये बेनी नगरपालिकाका १७, धवलागिरि गाउँपालिका ६, मंगला गाउँपालिका १, मालिका गाउँपालिकाका १, रघुगंगा गाउँपालिकाका र छिमेकी जलजला गाउँपालिकाका ३ जना रहेका छन् ।
सबै संक्रमतिको स्वाब बेनी अस्पतालमा संकलन गरी पिसिआरका लागि पोखरा पठाइएको थियो ।
योसँगै म्याग्दीमा संक्रमितको संख्या ९९ पुगेको छ । जिल्लाभित्र हालसम्म ३ सय ४६ जनालाई कोरोना संक्रमण भएकामा दोस्रो लहरमा संक्रमति हुनेको संख्यासमेत १ सय नाघेको छ ।
संक्रमितमध्ये अधिकांश सदरमुकाम बेनी आसपासका र केही ग्रामीण क्षेत्रका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि सदरमुकाम बेनीको अवस्था भयावह बन्दै गएको छ ।
दोस्रो लहरमा संक्रमति हुनेहरू बाहिरी जिल्लाबाट आएका रहेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । ‘समुदाय स्तरमै कोरोना फैलिएको छ । हामीले अनुमान गरेभन्दा बाहिरको अवस्था आउन सक्छ,’ प्रमुख लम्सालले भने ।
समुदाय स्तरमै संक्रमण फैलिइसकेको अवस्थामा सतर्कता अपनाउन अपिल गरिए पनि सर्वसाधारणबाट पालना नभएकाले म्याग्दीमा संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।
जुम्ला - 'लकडाउन' कार्यान्वयन नभएपछि जुम्लामा निषेधाज्ञा जारी भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कोरोनाको रोगथामको लागि उच्च सतर्कता अपनाउन निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञामा औषधि उपचार, खाद्यन्न अपूर्ति र अत्यावश्यक काममाबाहे...