काठमाण्डौ – देशका धेरै ठाउँमा बिहानैदेखि गर्मी छ । गर्मी अझै बढ्ने मौसमविद्को अनुमान छ ।
केही दिन यता देशभरको अधिकतम तापक्रम बढिरहेको छ । विराटनगरको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।
मौसमविद् सन्जिब अधिकारीका अनुसार विराटनगरको अधिकतम तापक्रम हिजो ४० दशमलव ३ डिग्री सेल्सियसमा पुगेको छ ।
अन्य तराईका जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा छ । आज पनि टन्टलापुर घाम लाग्ने अनुमान छ ।
आज गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा बेलुकी पख मौसम बदली भइ हल्का ...
काठमाण्डाै - तापक्रम बढ्दा देशभर गर्मी बढेको छ । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ । पानी नपर्दा अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै बढेको छ । यसले गर्दा गर्मी बढाएको छ ।
हिजो दीपायल र भैरहवाको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस, धनगढीको ३५ दशमलव १, सिमराको ३५, विराटनगरको ३४ दशमलव ९ डिग्री सेल्सियस, धरानको ३४ दशमलव ४, नेपालगञ्जको ३४ दशमलव ६ र वीरेन्द्रनगरको ३३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
यस्तै, बिहान ६ बजेको मापन अनुसार काठमाण्डौको न्यूनतम त...
काठमाण्डाै - अस्तिको तुलनामा हिजो देशका धेरै ठाउँमा गर्मी बढेको छ । काठमाण्डौको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस नाघेको छ ।
यसअघि अस्ति २९ दशमलव ४ डिग्री सेल्सियस थियो । काठमाण्डौसहित देशका धेरै ठाउँको अधिकतम तापक्रम हिजो ३० डिग्री सेल्सियस नाघेको हो ।
तत्काल केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँकाअनुसार प्रि-मनसुनको तीन महिना मार्च, अप्रिल र मे महिनामा गर्मी धेरै नै हुन्छ । यसपालि प्रि-मनसुन सुरु भइसकेपछि पानी नपरेकाले पनि छिट्टै गर्मी बढेको छ ।
प्रि-मन...
काठमाण्डाै - देशभर गर्मी बढ्दो छ । आज पनि देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेको छ ।
गएको २४ घण्टामा काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ ।
आज पनि यही आसपासमा अधिकतम तापक्रम पुग्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । यस्तै, धरानको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । अस्ति धरानको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस मापन गरिएकाे थियाे ।
विराटनगर, जनकपुरसहित देशका धेरै ठाउँमा अस्तिको भन्दा हिजो गर्मी बढेको थियो । मौसमविद् सापकोटाले आज ...
काठमाण्डाै - पानी पार्ने प्रणाली बाहिरिन थालेसँगै तापक्रम बढ्न थालेको छ । बिहान र बेलुका चिसो भए पनि दिउँसाे पारिलो घाम लाग्ने गरेकाले गर्मी बढ्न थालेको छ ।
जाडोयामको अन्तिमतिर आएकाले पनि अब बिस्तारै गर्मी बढ्दै जाने छ । काठमाण्डौसहित देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ ।
हिजो काठमाण्डौको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस थियो भने आज पनि यही हाराहारीमा पुग्ने अनुमान छ ।
यस्तै, भैरहवाको अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस, सिमराको २४ दशमलव ६ डिग्री सेल्सियस, विराटनगरको २४ द...
एजेन्सी । इटालीको आइल्याण्ड सिसिलीमा अत्यधिक गर्मी बढेर युरोपकै अहिलेसम्मको उच्च तापक्रमको रेकर्ड तोडेको छ । सिसिलीको तापक्रम ४८ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । विश्व मौसम संगठन (डब्लुएमओ) का अनुसार अहिलेसम्म युरोपमा मापन भएको उच्च तापक्रम ४८ डिग्री सेल्सियस हो । लुसेफर नाम गरेको एन्टिसाइक्लोनका कारण इटलीमा अहिले अत्यधिक गर्मी बढेको हो । […]
काठमाण्डौ – केही दिनदेखि देशभरको तापक्रम बढिरहेको छ । काठमाण्डौसहित देशभर तापक्रम बढिरहेको मौसमविद् मञ्जू बासीले जानकारी दिनुभयो ।
विशेषगरी पश्चिमी तराईमा गर्मी धेरै बढेको मौसमविद् बासीले बताउनुभयो । आज भैरहवाको तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियससम्म रहने अनुमान छ । भैरहवामा हिजो ४२ डिग्री सेल्सियस र अस्ति ३९ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको थियो । यस्तै नेपालगञ्जमा आज ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम रहने अनुमान छ ।
नेपालगञ्जमा हिजो ४० दशमलव ८ डिग्री सेल्सियससम्म र अस्ति ४० द...
काठमाण्डौ – तापक्रम बढ्न थालेसँगै देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा विस्तारै गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौको अधिकतम तापक्रम केही दिन यता २० डिग्री सेल्सियस भन्दा माथि छ । आज अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । काठमाण्डौको न्युनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको थियो ।
आज काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहने पनि महाशाखाले जनाएको छ । पश्चिमी वायुको केही प्रभाव रहेकाले ...
काठमान्डाैं / अघिल्लो सातासम्म दिउँसो पनि चिसो हुन्थ्यो । शनिबारयता भने सर्वसाधरणले तातो महसुस गर्न थालेका छन् । आइतबार दिउँसोसमेत राजधानीमा धेरेले गर्मी महसुस गरे । आइतबार राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड भयो । शनिबारको तापक्रम २२.४ डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम ह्वात्तै बढेपछि यस्तो अनुभव भएको हो । ‘डिसेम्बर २२ पछि...
The post पुसमा नै गर्मी ! appeared first on Purbeli News.