गर्मी बढ्दै : तराईको तापक्रम ३८ डिग्री सेल्सियस नाघ्यो, काठमाण्डौकाे तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान

काठमाण्डाै - मौसम सफा भएसँगै देशका सबैजसो ठाउँमा गर्मी बढेको छ । तराईका जिल्लाको तापक्रम ३८ डिग्री सेल्सियस नाघेको छ । यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी हिजो भैरहवाको तापक्रम ३८ दशमलव ६ डिग्री सेल्सियस पुगेको हो । अस्ति भैरहवामा ३७ दशमलव ८ डिग्री सेल्सियस पुगेको तापक्रम हिजो बढेर ३८ दशमलव ६ डिग्री पुगेको हो । भैरहवा, सिमरा, नेपालगञ्ज र जनकपुरको तापक्रम हिजोभन्दा आज बढ्ने मौसमविद्ले बताएका छन् । मौसमविद् निराजन सापकोटाले आज तराईका जिल्लाको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने बताउनुभयो । ...

सम्बन्धित सामग्री

तराईको तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्ने

मुलुकभर गर्मी बढ्दै जाने मौसमविद्ले बताएका छन् । तराई भू–भागमा ४१ डिग्रिसम्म तापक्रम पुग्ने भन्दै मौसमविद्हरुले बढी तापक्रमबाट बच्न सुझाव दिएका छन् ।जल तथा मौसम विज्ञान विभागका आइतबार तापक्रम ३७ डिग्रिभन्दा बढी सेल्सियससम्म पुगेको छ । आइतबार सबैभन्दा बढी ३७.५ डिग्रि सेल्सियस तापक्रम महोत्तरीमा पुगेको छ । मौसमविद् हिरा भट्टराईले अझै तापक्रम बढदै जाने भएकाले […]