बजारमा बोर्डको विज्ञप्तिको प्रभाव की प्रोफिट बुकिङ? अधिकांश समय रातो, कारोबार रकम पनि घट्यो
काठमाडौं। धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने आशमा बसेका लगानीकर्तालाई जनचेतना फैलाउने नाममा विज्ञप्ति जारी गर्दै सचेत हुन आग्रह गरेपछि मंगलबारको सेयरबजार
काठमाडौं । लगातार तीन कारोबार दिनमा ६१ अंक बढेको बजारमा सोमवार (आज) सामान्य करेक्सन भएको छ । यस दिन नेप्से परिसूचक ३ दशलमव ६१ अंक घटेर २ हजार ७७ दशमलव २४ विन्दुमा कायम भएको छ ।
सोमवारको कारोबारको अधिकांश समय बजार सकारात्मक रहे पनि अन्तिम प्रहरमा भने सामान्य अंक घट्यो । कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ । आइतवार तीन अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा सोमवार त्यो रकम २ अर्ब ९ करोडमा झरेको छ ।
बैंकको ब्याजदरका विषयमा लगानीकर्ताहरू विश्वस्त हुन नसकेका कारण पनि कारोबार रकम घटेको जानकारहरू बताउँछन् । यसो त लगातार तीन कारोबार दिन बढेको बजारमा एक दिन घट्नु सामान्य लिनुपर्ने उनीहरूको भनाइ छ ।
लाभांशको सिजन नजिकिएको छ। अहिले शेयर खरीद गर्नेले निकै छोटो समयमा लाभांशको हकदार बन्न सक्नेछन् भने घटेको बजारमा ट्रेडिङ गर्नेहरू पनि आकर्षित हुने अनुमान गरिएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय प्रणालीमा तरलता सहज भएसँगै ब्याजदर घट्न थालेको छ । यस कारण बैंकहरूले अब शेयर धितो कर्जा दिने घोषणा गर्न थालेका छन् । गएको साता मात्रै एनआईसी एसिया बैंकले शेयर धितो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।
नेपाल बैंकले यसअघि नै शेयर कर्जा दिने बताएको थियो । यसआधारमा अब क्रमशः अरु बैंकहरूले पनि यस्तो कर्जा सहज तरिकाले उपलब्ध गराउने अनुमान गर्न थालिएको छ । यस कारण पनि शेयर बजारमा आगामी दिनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै फ्लोट इन्डेक्स शून्य दशमलव १९ प्रतिशत घटेको छ ।
यस दिन कारोबारमा आएका २७९ धितोपत्रको ५४ लाख १७ हजार ९२८ कित्ता शेयर ६८ हजार ८४२ पटकमा रू. २ अर्ब ९ करोड बराबरको कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ ।
शेयर मूल्य प्रतिकित्ता रू. ३०८ दशमलव ५० पुगेको छ । त्यस्तै दोस्रोमा अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत बढेर रू. ३०६ दशमलव ७० पुगेको छ ।
सोमवार सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ४६ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७६८ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा बुद्ध भुमि नेपाल हाइड्रोपावर कम्पनी छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ८० प्रतिशत घटेर रू. ३१७ कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ओगटेको छ । कम्पनीको रू. ११ करोड २४ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर मूल्य रू. ५८९ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. १० करोड ८७ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक घटेको छ भने बाँकी पाँच समूहको परिसूचक बढेको हो । सोमवार सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक १ दशमलव ५९ प्रतिशत घटेको हो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ६५ प्रतिशत वृद्धि भएको छ ।
७ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिने बिहीबार नेप्से सामान्य घटेको छ । बिहीबार बजार परिसूचक नेप्से ०.०१ अंकले घटेर १८६७.२१ अंकमा बन्द भएको छ । बैंकिङ र अन्य उपसूचकमा वृद्धि भएपनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से बढ्न सकेन । अन्य उपसूचक २.०४ प्रतिशत र बैंकिङ उपसूचक ०.११ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन […]
२० मंसिर, काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचकमा एकल अंकको सामान्य गिरावट भएको छ । मंगलबार बजार परिसूचक नेप्से ४.८७ अंक (०.२५ प्रतिशत) ले गिरावट भएर १९३३.८८ अंकमा बन्द भएको छ । जीवन बीमा, लघुवित्त र अन्य बाहेक बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा बजार परिसूचक नेप्से पनि घटेको […]
२० कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से २ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से ४३.२० अंक (२.२५ प्रतिशत) ले वृद्धि भएर १९६५.३६ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा सामूहिक लगानी कोष उपसूचक भने ०.०५ प्रतिशतले गिरावट भएको छ । जाल्पा सामुदायीक […]
२५ साउन, काठमाडौं । सोमबार यता सेयर बजारमा निरन्तर गिरावट आएको छ । साताको चौथो कारोबार दिन बुधबार परिसूचक नेप्से ५.११ अंक (०.२५ प्रतिशत) ले गिरावट हुँदा २०५७.६८ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । बुधबार उत्पादनमुलक र लगानी उपसूचक बाहे सबै उपसूचक घटेको छ । […]
काठमाडौँ । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । परिसूचक १२.२७ अर्थात् ०.५४ प्रतिशतले बढेर २२ सय ६८.८४ अङ्कमा पुगेको छ । सोमबारको कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहमा हरियाली छाउँदा ४ उपसमूह भने राताम्मे रहृयो । बजारमा कुल कारोबार रकम एक अर्ब ३९ करोडमै सीमित भए पनि अधिकांश कम्पनीको […]
काठमाडौं, पुस २२ । निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर, कात्तिकमा आउँदा अनलाइन भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार रकम तथा संख्या पनि घटेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त […]
निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर, कात्तिकमा आउँदा अनलाइन भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार रकम तथा संख्या पनि घटेको छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार असोजको तुलनामा कात्तिकमा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसलगायतका माध्यमबाट भएको कारोबार रकम घटेको छ । सा...
निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर, कात्तिकमा आउँदा अनलाइन भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार रकम तथा संख्या पनि घटेको छ ।नेपाल राष्ट्र बैंकबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार असोजको तुलनामा कात्तिकमा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसलगायतका माध्यमबाट भएको का