काठमाडौं : नेकपा (एमाले)को विधान महाधिवेशनका प्रतिनिधिहरुले उपमहासचिव पद हटाउन नहुने मत अघि सारेका छन्। ललितपुरको गोदावरीमा शुक्रवारदेखि शुरु भएको पहिलो विधान महाधिवेशनको दोस्रो दिन आज पाँचवटा समूहले आफ्नो छलफलको निष्कर्ष सुनाएका थिए।
उपमहासचिव विष्णु पौडेलले विधान संशोधनको प्रस्तावमा उपमहासचिव हटाउनुपर्ने प्रस्ताव गरेकोमा त्यसको विपक्षमा अधिकांश प्रतिनिधिहरु उभिएका हुन्। पौडेलले…