काठमाण्डाै - एसिया कप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । दुबईमा हिजो भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।
पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रन बनाए ।
यस्तै हार्दिक पाण्डेयले अविजित रहँदै ३३ रन बनाए । पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हु...