लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले पोखरामा सञ्चालन गरेको एसएमएल महिन्द्राको सर्भिस क्याम्प सम्पन्न भएको छ। असोज १५ देखि १८ गतेसम्म आयोजित क्याम्पमा १०० भन्दा बढी व्यावसायिक सवारीसाधन सहभागी भएको कम्पनीले जनाएको छ। पोखरासहित गोरखा र आसपासका क्षेत्रका ग्राहकले पनि सेवा लिएका थिए। क्याम्पमा सहभागी ग्राहकलाई श्रम शुल्कमा ५० प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा स्पेयर पार्ट्समा १५ […]
बाल क्यान्सरको उपचारमा समान पहुँच सुनिश्चित गर्न सरोकारवालाहरूले समयसीमा र स्पष्ट जिम्मेवारीसहितको राष्ट्रिय कार्ययोजना बनाउन आग्रह गरेका छन्। काठमाडौंमा आयोजित ‘राष्ट्रिय बाल क्यान्सर उपचार तथा सरोकारवाला सहभागिता गोष्ठी’ले उपचार सेवा, अस्पतालको क्षमता र तथ्यांक व्यवस्थापन सुधारलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको हो। विश्व बाल क्यान्सर (डब्लूसीसी), रमेश गुप्ता मेमोरियल ट्रस्ट र टीएसीसीको संयुक्त आयोजनामा सेप्टेम्बर २९ […]
उद्योग संगठन मोरङले सडक, विद्युत्, निर्यात र करसम्बन्धी समस्या समाधान गर्न तत्काल नीतिगत निर्णय तथा समयबद्ध कार्यान्वयनको माग गरेको छ। संगठनले सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसमक्ष औद्योगिक उत्पादनको लागत घटाउने र प्रतिस्पर्धात्मक क्षमता बढाउने सुझाव प्रस्तुत गरेको हो। संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योगीलाई आश्वासनभन्दा कार्यान्वयन हुने निर्णय आवश्यक रहेको […]
काठमाडौँ। संवेदनशील सूचना चुहाएको भन्दै सरकारले सशस्त्रका प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै दाहाललाई निलम्बन गरिएको जनाएको छ । ”पद अनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीतको कार्य […]
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारण सेयरधनीका तर्फबाट बैकुण्ठराज तिमसेनालाई सञ्चालक नियुक्त गरेको छ। असोज १८ गते बसेको सञ्चालक समितिको २५७औँ बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो। बैंकले उक्त निर्णयबारे सोमबार नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ। बैंकका अनुसार तिमसेनासँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ। उनले यसअघि बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत […]