विराटनगर । उपचारका क्रममा एक जना वृद्धको मृत्यु भएपछि बिरामीका आफन्तले विराटनगरको गोल्डेन अस्पतालमा तोडफोड गर्नका साथै कर्मचारीलाई कुटपिट गरेका छन्।पिलोको शल्यक्रिया गरिएका मोरङको धनपालथान गाउँपालिकाका कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्युपछि आक्रोशित बनेका आफन्त र परिवारका सदस्यले अस्पतालका कर्मचारी एवं सुरक्षागार्डमाथि कुटपिट गरेका हुन् ।उनको सोमबार राति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मोरङ प्रहरीका अनुसार आफन्तको मृत्युपछि आक्रोशित बनेका आफन्त र परिवारका सदस्यले सोमबार राति