काठमाडौं : इंग्लिस प्रिमियर लिगमा चेल्सीले लन्डन डर्बी टोटनह्यामलाई ४–१ गोल अन्तरले हराएको छ। १० खेलाडीमा समेटिएको टोटनह्यामलाई चेल्सीले सहजै पराजित गरेको हो।टोटेनहमको घरेलु मैदानमा भएको खेलमा कुलुसेभ्सकीले टिमलाई अग्रता दिलाएका थिए। पापे मटर सारको पासमा कुलुसेभ्स्कीले छैटौं मिनेटमा नै अग्रता बनाए। तर खेलको २१ औं मिनेटमा चेल्सीका लागि रहिम स्टार्लिङले गरेको गोल भीएआरले रद्द गरिदिएको थियो।खेलको ३३ औं मिनेटमा टोटनह्यामका रोमोरोले रातो कार्ड व्यहोरेपछि टोटनह्याम झन् दबाबमा आए