काठमाडौं । धितोपत्र बजारका लगानीकर्ताबाट संकलन हुने पूँजीगत लाभकर गत असारको तुलनामा साउनमा २४ करोड ८१ लाख रुपैयाँभन्दा धेरैले घटेको छ । धितोपत्र कारोबारको राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले दिएको जानकारीअनुसार साउनमा कुल पूँजीगत लाभकर ४० करोड ८ लाख ९१ हजार रुपैयाँभन्दा बढी संकलन भएको छ । असारमा सरकारले ६४ करोड ९० लाख ४९ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो ।
सीडीएससीका सूचना अधिकृत सुरेश न्यौपानेले साउनमा संस्थागत लगानीकर्ताबाट ७ करोड ४५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको जानकारी दिए । संस्थागत लगानीकर्ताले नाफामा धितोपत्र कारोबार गर्दा सरकारलाई १० प्रतिशत पूँजीगत लाभकर बुझाउनुपर्ने व्यवस्था छ । न्यौपानेले असारको तुलनामा साउनमा संस्थागत लगानीकर्ताबाट ६ करोड १ लाख ९१ हजार रुपैयाँभन्दा कम पूँजीगत लाभकर संकलन भएको बताए । उनका अनुसार असारमा संस्थागत लगानीकर्ताबाट १३ करोड ४७ लाख ८५ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । व्यक्तिगत लगानीकर्ताबाट सरकारले दुई किसिमको पूँजीगत लाभकर संकलन गर्छ । सीडीएससीका प्रवक्ता न्यौपानेले साउनमा व्यक्तिगत लगानीकर्तातर्फ अल्पकालीनबाट २२ करोड ४७ लाख १२ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट १० करोड १५ लाख ८५ हजार रुपैयाँभन्दा बढी लाभकर संकलन भएको जानकारी दिए ।
असारमा अल्पकालीन लगानीकर्ताबाट ३५ करोड ९५ लाख ७५ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट १५ करोड ४६ लाख ८८ हजार रुपैयाँभन्दा बढी लाभकर संकलन भएको उनको भनाइ छ । साउनमा असारको तुलनामा अल्पकालीन लगानीकर्ताबाट संकलित लाभकर १३ करोड ४८ लाख ६२ हजारले र दीर्घकालीनबाट संकलित ५ करोड ३१ लाख ३ हजार रुपैयाँले घटेको हो ।
धितोपत्रको दोस्रो बजारमा संस्थागत लगानीकर्ताभन्दा व्यक्तिगत लगानीकर्ताको संख्या बढी छ । १८ लाखभन्दा बढी लगानीकर्ता धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सहभागी भइसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । बजार बढ्दा दैनिक १ लाखभन्दा बढी लगानीकर्ता कारोबारमा सक्रिय हुने भए पनि बजार घटेको दिन ६० देखि ६५ हजारसम्म सहभागी हुने पराजुलीको भनाइ छ ।
पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा खासै उत्साह देखिँदैन । छोटो समयमै नाफा बुक गरिहाल्ने परिपाटी बढेकाले बजारले सकारात्मक गति लिन सकेको छैन । बजारले गति लिन नसक्दा लगानीकर्ता अन्योलको अवस्थामा रहेकाले पछिल्ला महीना बजारसँगै कारोबार रकमसमेत घटेको ब्रोकरहरूले जानकारी दिए । नाफा कमाएका लगानीकर्ताले तिर्ने पूँजीगत लाभकर घट्दा लगानीकर्ताले धितोपत्र बजारबाट गर्ने आम्दानी कम भएको पुष्टि हुन्छ ।
धितोपत्र बजारमा लगानीकर्ताको आम्दानी बढ्दा सरकारको समेत आम्दानी बढ्ने अग्रज लगानीकर्ता डम्बरुबल्लभ घिमिरे बताउँछन् । बजारले सकारात्मक गति लिन नसक्दा यो क्षेत्रलाई नै आम्दानीको स्रोत बनाएका आफूजस्ता लगानीकर्ता मर्कामा परेको उनको भनाइ छ । विगत ४ दशकदेखि धितोपत्र बजारमा सक्रिय घिमिरे लामो समय लगानीकर्ता निराश हुने वातावरण बन्न नहुने बताउँछन् । बजार बढ्ने र घट्ने स्वाभाविक चक्र रहेको स्वीकार्दै घिमिरेले सरकारसँगै लगानीकर्ताको आम्दानी नघट्ने गरी बजारको विकासमा जोड दिए ।
सरकारले समेत यो क्षेत्रको विकासका लागि विशेष चासो राखेको देखिन्छ । पछिल्लो समय धितोपत्र बजारको विकासका लागि सरकारले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको सातौं संशोधन प्रस्ताव स्वीकृत गरी बजारमा विविधीकरण ल्याउन खोजेको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले समेत आमलगानीकर्ताको हितलाई ध्यानमा राखी नीति निर्माणमा जोड दिइरहेको छ ।
काठमाडौं, २७ पुष । नेपालमा एक महिनामा ५ करोड बराबरको चुईङ्गम आयात भएको पाइएको छ। भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म २५ करोड ९३ लाखभन्दा बढीको चुईङ्गम आयात भएको हो। नेपालमा सबैभन्दाबढी चुईङ्गम भारतबाट आयात हुन्छ। भारतबाट मात्रै २५ करोडबराबरको चुईङ्गम आयात भएको छ। गत आर्थिक वर्षमा भने ३२ करोड मूल्यको चुईङ्गम आयात गरिएको थियो।
नेपाली सेनाको सैनिक कल्याणकारी कोषको रकम ७६ अर्ब २५ करोड २३ लाख रुपैयाँ पुगेको छ । सैनिक कल्याणकारी महानिर्देशनालयले आइतबार पत्रकार सम्मेलन गरेर कल्याणकारी कोषको अवस्था र आगामी योजनाबारे जानकारी दिएको छ ।कोषको रकम सेनाले ‘क’ वर्गका बैंकहरुमा ब्याजको प्रतिस्पर्धा गराएर डिपोजिट गर्ने गरेको छ । कोषको ५ करोड २ लाख ६७ हजार रुपैयाँ जोखिममा परेको सैनिक कल्याणकारी महानिर्देशनालयका सहायकरथी विजय थापाले जानकारी दिए । युनाइटेड बिकास बैंकमा राखेको १ करोड ५७ लाख असुली उच्च जोखिममा परेको छ ।सैनिक
काठमाडौँ । नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्ताबापत इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ । इन्धन बिक्री गरेबापत आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिर करण कोषबाट झिकेर मङ्गलवार आईओसीलाई बुझाएको हो । निगमले हरेक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई भुक्तानी […]
नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्तावापत इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ । इन्धन बिक्री गरेवापत आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिरीकरण कोषबाट झिकेर मंगलबार आईओसीलाई बुझाएको हो ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रवारदेखि निष्काशन गरेको आईपीओमा साढे २६ लाख भन्दा बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा २६ लाख ५९ हजार ५४० जना आवेदक बाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६.६५ गुणाले बढी हो ।
लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । त्यसमध्ये ०.५ प्...
पहिरोका कारण पर्वत खण्डमा निर्माणाधीन मध्यपहाडी राजमार्गमा २५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) आयोजना कार्यालयकाका अनुसार सडक खुलाउन मात्रै आठ दिनसम्ममा करिब ५ करोड रुपैयाँ खर्च भएको छ ।