थकान मेटाउने, चिसो भुलाउने ढोरपाटन

बागलुङ । चारैतीर अग्ला अग्ला पहाड । बीचमा समथर उपत्यका। उपत्यकाको आसपासबाट उत्तरतर्फ कलकल बग्ने उत्तरजंगा नदी । उपत्यका छेउछाउमा रहेको बाक्लाे बस्ती, काठ मात्र प्रयोग गरेर निर्माण गरेका पुरानो शैलीका घरहरू । याे दृश्य हाे ढोरपाटन सिकार आरक्ष केन्द्रकाे । यहाँ पुग्ने जाे काेही पनि यहाँकाे प्राकृतिक शुन्दरता देखेर मोहित हुने गर्छन । बागलुङको […] The post थकान मेटाउने, चिसो भुलाउने ढोरपाटन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

ढोरपाटन उपत्यकाका विद्यालय खुले : चिसोले शिक्षक र विद्यार्थी बिरामी

अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आएका छन् । गत पुस १५ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन् । विद्यालय सञ्चालनमा आए पनि चिसोका कारण विद्यार्थी तथा शिक्षक बिरामी परेका छन् । विद्यार्थी बिरामी परेपछि पठनपाठनमा समस्या आएको छ । हरेक वर्ष हिउँदमा बन्द हुने ढोरपाटन …

चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला

ढोरपाटन (बागलुङ), १७ पुस । “हाम्रो पालामा अहिलेको जस्तो कपडाहरु पाइँदैनथ्यो, खुट्टामा जुत्ता चप्पल लगाउने चलन थिएन, ऊनको कपडा ओढेर चिसो छल्ने गथ्र्यौं, घरपिच्छे मान्छेहरुले घुम, काम्लो, भाङ्ग्रा बुन्थे तर अहिले कसैले पनि बुन्दैनन्, बुने पनि बिक्री नै हुँदैन,” भन्छन्, निसीखोला गाउँपालिका–६ का ७४ वर्षीय वीरमान बुढामगर । उनी अहिले पनि प्रायःजसो भेडाकै रौँबाट बनेका […]

हिमपातले बाटोमै रोकिए ढोरपाटन पुगेका पर्यटक

ढोरपाटन । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिवार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटल व्यवसायी श्यमलाल घिमिरेले बताए । हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको घिमिरेको भनाइ छ । हिउँका कारण शनिवार रातभर मोबाइल नेटवर्कले काम नगरेको र आइतवार बिहान घाम लागेपछि काम गर्न थालेको उनले बताए । हिउँले सडक ठप्प भएपछि ढोरपाटनबाट बुर्तिबाङ झर्ने स्थानीय तथा पर्यटक ढोरपाटनमै रोकिएको घिमिरेको भनाइ छ । ‘हिजो बुटवलदेखि एक बस पर्यटक आएका थिए, हिउँले गर्दा फल्लेघरभन्दा माथि आउन सकेनन्, पछि पिकअपले ल्यायो’, घिमिरेले भने, ‘अहिले घाम लागेको छ, बिस्तारै हिउँ पग्लिन थालेको छ, दिउँसोसम्म सबै सडक खुल्छन् होला ।’ हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए । अघिल्लो वर्ष पुस माघमै चार/पाँच पटक हिमपात हुने गरे पनि यस वर्ष ढोरपाटन उपत्यकामा पहिलो पटक हिउँ परेको हो । रासस

गोठाला, किसान उक्लिएपछि ढोरपाटनमा चहलपहल

२५ फागुन, बलेवा । चिसो बढेसँगै बेंसी झरेका बोबाङका बासिन्दा गर्मीयाम सुरु भएसँगै ढोरपाटन उक्लिएका छन् । बागलुङको ढोरपाटन नगरपालिका–८ र ९ मा पर्ने बोबाङ गाउँमा चिसो छल्न झरेका किसान गर्मीयामको सुरुआतसँगै ढोरपाटन क्षेत्रमा उक्लिएका हुन् । बर्खायामका लागि सबै बन्दोबस्तीका सामानसहित स्थानीय किसान ढोरपाटन उक्लिएको ज्योति विकास आधारभूत विद्यालयका शिक्षक श्याम विक भन्नुहुन्छ । […]

चिसो बढेपछि सुनसान छ ढोरपाटनको बुकी क्षेत्र

बलेवा । ६ महिनासम्म वस्तुभाउ र मानिसको चहलपल हुने बुकी सुनसान भएको छ । थेगिनसक्नु चिसो बढेपछि ढोरपाटन सिकार आरक्षको माथिल्लो भाग बुकी क्षेत्र सुनसान भएको हो । बुकीकै भरमा गाईवस्तु र भेडाबाख्रा पाल्ने किसानले

चिसो बढेसँगै सुनसान ढोरपाटनको बुकी क्षेत्र

बलेवा- छ महिनासम्म बस्तुभाउ र मानिसको चहलपहल हुने बुकी सुनसान भएको छ । थेगिनसक्नु चिसो बढेपछि ढोरपाटन सिकार आरक्षको माथिल्लो भाग बुकी क्षेत्र सुनसान भएको हो । बुकीकै भरमा गाईबस्तु र भेडाबाख्रा पाल्ने किसानले बुकी छाडेपछि सुनसान बनेको हो । बुकीमा हरियो घाँस पलाउनेदेखि नसकिने बेलासम्म यहाँका किसानले बस्तुभाउ लिएर उतै बस्छन् ।  जेठ पहिलो […]

चिसो बढेपछि सुनसान छ ढोरपाटनको बुकी क्षेत्र

काठमाडौँ,४ माघ । छ महिनासम्म वस्तुभाउ र मानिसको चहलपल हुने बुकी सुनसान भएको छ । थेगिनसक्नु चिसो बढेपछि ढोरपाटन सिकार आरक्षको माथिल्लो भाग बुकी क्षेत्र सुनसान भएको हो । बुकीकै भरमा गाईवस्तु र भेडाबाख्रा पाल्ने किसानले बुकी छाडेपछि सुनसान बनेको हो । बुकीमा हरियो घाँस पलाउनेदेखि नसकिने बेलासम्म यहाँका किसानले वस्तुभाउ लिएर उतै बस्छन् । […]

ढोरपाटनमा चिसो बढ्यो, जाडो छल्न बेँसी झरे बालबालिका

–तारानाथ आचार्यढोरपाटनमा जाडो बढेपछि ढोरपाटनका बालबालिका चिसो छल्न बेँसी झरेका छन् । ढोरपाटनमा जाडो मौसममा हिउँ पर्ने भएकाले बालबालिका बेबाङस्थित जनवादी विद्यालय र अन्य विद्यालयमा झरेका छन् । पशु चरन र आलुखेती गर्न ढोरपाटनमा बसेका अभिभावकसमेत विस्तारै बेँसी झरेका हुन् । उनीहरु चैत लागेपछि मात्रै ढोरपाटन उक्लने गर्छन् । अधिकांश बालबालिका र अभिभावक बेँसी झरिसकेका छन्, केही झर्ने तयारीमा छन् । “मेरा परिवारका सदस्य सबै बेँसी झरिसके, अब म पनि झर्ने तयारीमा छु”, तमानखोला गाउँपालिका&n

जाडो छल्न विद्यालयको चौरमै पठनपाठन

बागलुङ– विद्यालयको चौरमा आठ वटा विद्यार्थी समूह छन् । प्रत्येक समुहमा एक एक जना शिक्षक छन् । विद्यालयमा कक्षा कोठा नभएर यसरी चौरभरी विद्यार्थी भएका भने होइनन् । कक्षाकोठा नै खाली गराएर चौरमा विद्यार्थी राख्नुको कारण हो बढ्दो चिसो । यो दृश्य हो ढोरपाटन नगरपालिका–९ को ज्योति विकास आधारभुत विद्यालयको । ढोरपाटन उपत्यकामा चिसो बढेसँगै […]

चिसो बढेपछि विद्यालय बन्द

चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । “हरेक हिउँदको चिसोमा हाम्रो विद्यालय ४५ दिन बन्द हुन्छ”, अदैले भने, “यो वर्ष फागुन २ गतेसम्मका लागि बन्द गरेका छौँ ।” चिसोका कारण पश्चिम बाग