पर्वत, ४ असार । पछिल्लो दुई महिनायता पर्वतमा गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्रगतिमा फैलिएको छ । यहाँका सातवटै पालिकामा ‘लम्पी स्किन’ फैलिएपछि पशुपालक किसान समस्यामा परेका छन् । गत चैत २८ गते फलेवास नगरपालिका–९ भँगराको सिरुबारीमा किसानले पालेको एउटा गोरुमा उक्त रोग देखा परेको थियो । उक्त गोरुलाई आइसोलेशनमा राखी उपचार गरिएको थियो । […]