एक गोधुली साँझ वसन्त ऋतुमाझ गाउँका बालपनका स्मृतिसँगै मेरो मन रमाइरहेछ तिम्रो मोहनी रूपसँगैको ऋतु रागले मनमा अड्डा जमाइरहेछ डाँडापारि देखिएका हिमालहरू बगिरहेका हिमनदीको सुन्दरताले प्रफुल्लित मेरो मन ऋतु रागका गोठाले गफमा चञ्चल बनिरहेछ झन्झन् खुला परिवेशसँगैका हरिया चौरमा फुलिरहेका फूलहरुमाझ रसाइरहे तिम्रा सम्झना अनि मेरा ग्रन्थिहरुका मूल ती मेरी बालपनकी प्रेमिकाको संस्मरण लेखिबस्दा एक्कासी […]