उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीचको हातेमालोले मात्र कोरोनाविरुद्धको लडाइँमा सफल हुने बताएका छन्। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका पोखरेलले संचारकर्मीसँगको कुराकानीमा सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाइँ सफल नहुने बताए।