काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा मन्त्री डा. खड्काले एमसीसी सहमतिमा मात्र अघि बढाइने बताएका हुन् ।