काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का चीनको औपचारिक भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
उनले अगस्ट ९ देखि ११ (साउन २४ देखि २६)सम्म चीनको भ्रमण गर्ने बताइएको छ। दुई मन्त्रीहरूबिच १० अगस्टमा चीनको छिङदाओमा आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व…