हेडफोनमा गीत सुन्ने बानीले विश्वका १ अर्ब युवाहरुले श्रवणशक्ति गुमाउनसक्ने

एक अध्ययनले हेडफोनमा गीत सुन्ने वा चर्को सङ्गीत कार्यक्रममा सहभागी हुनेहरूलाई चिन्तित बनाउन सक्ने उल्लेख गरेका छ । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गरिएको श्रवण क्षमताबारे अध्ययनको वृहत्तर विश्लेषणले युवाहरूलाई तिनको सुन्ने बानीमा होसियार हुन आह्वान गरेको हो ।अन्यथा विश्वका झण्डै एक अर्ब युवाहरूले श्रवणशक्ति गुम्ने जोखिममा रहेको बुधबार बीएमजे ग्लोबल हेल्थ नामक जर्नलमा प्रकाशित समीक्षाले चेतावनी दिएको छ । अध्ययनले सरकार र नीतिनिर्मातालाई युवाहरुको श्रवण स्वास्थ्य सुरक्षाका लागि थप चर्को आवाज आउन

सम्बन्धित सामग्री

१ अर्ब नाघ्यो टिकटकका सक्रिय प्रयोगकर्ताको संख्या

असोज १३, पेचिङ (चीन) । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकका मासिक सक्रिय प्रयोगकर्ता १ अर्ब नाघेका छन् ।   सन् २०१८ को जनवरीमा टिकटकका ५ करोड ४० लाख सक्रिय प्रयोगकर्ता थिए । गत वर्ष पहिलो पटक टिकटकले फेसबुकलाई उछिनेर सूचीको शीर्ष स्थानमा उक्लिएको छ । सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरूको सूचीमा भने टिकटक चौथो स्थानमा थियो ।  बजारमा स्न्यापच्याट, फेसबुक, इन्स्टाग्राम, पिनट्रेस्ट, युट्युवजस्ता कम्पनीहरु टिकटकजस्तै फिचर उपलब्ध गराएर प्रयोगकर्ता तान्ने होडमा छन् ।  ‘मासिक रुपमा विश्वका १ अर्बभन्दा बढी प्रयोगकर्ता अब टिकटकमा जोडिएका छन’, कम्पनीलेले ब्लगमा भनेको छ, ‘जहाँबाट उनीहरूले सिक्ने, हाँस्ने र केही नयाँ जान्ने अवसर पाएका छन् । हामी यति धेरै प्रयोगकर्ताको घर, साना- साना व्यवसायीको बिजनेश प्लेटफर्म, सेलिब्रेटीको आफ्ना फलोअरसँग भेट्ने माध्यम हुन पाउँदा खुशी छौं ।’ टिकटक अहिले विश्वमा सबैभन्दा डाउनलोड गरिने एपहरुको सूचीमा एक नम्बरमा छ । अहिलेसम्म विश्वव्यापीरुपमा यो एप २ अर्बपटक डाउनलोड गरिएको छ । एप ट्रेस नामक वेबसाइटका अनुसार टिकटक एप अहिले विश्वका १४१ ओटाभन्दा बढी देशमा उपलब्ध छ । यीमध्ये १३५ ओटा देशमा यो सर्वाधिक लोकप्रिय एपका रुपमा रहेको छ । सामाजिक सञ्जालमा गरिने पोष्टमा सबैभन्दा बढी इंगेजमेन्ट हुने टिकटकमा नै हो । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले यसमाथि अमेरिकामा प्रतिबन्ध लगाउन खोजेको भएपनि विश्वभर यसको लोकप्रियता निरन्तर चुलिरहेको छ । फिल्मका गीत र डाइलगमा लिपसिंक गरेर छोटो भिडियो पोष्ट गर्ने एपका रुपमा शुरुमा चिनिए पनि पछिल्ला दिनमा बजार प्रवर्द्धन  तथा व्यापार विस्तारमा पनि  यो बहुआयामिक बन्दै गइरहेको छ ।एजेन्सीहरु