काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनको खबरले आफू मर्माहत भएको जनाएका छन् । सभामुख सापकोटाले आज अपराह्न ट्वीट गर्दै प्रधानप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । सभामुख सापकोटाले नेपाली साङ्गीतिक क्षेत्रमा प्रधानले पुर्याएको योगदान स्मरणीय रहने जनाएका छन् । प्रधानको आज बसुन्धरास्थित न्युरो अस्पतालमा छातीको उपचारका क्रममा निधन भएको थियो । प्रधानले ७०० भन्दा बढी गीत रेकर्ड गराएका छन्