नेपाल सेवा लघुवित्त र विन लघुवित्तले कात्तिक १५ गतेदेखि एकीकृत कारोबार शुुरु गर्ने

कात्तिक ८, काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्तले कात्तिक १५ गतेदेखि एकीकृत कारोबार शुुरु गर्ने भएका छन् ।  नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले विन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर विन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेको हो । नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्था बीच गत वर्षको मंसिर ३० गते मर्जर सम्वन्धि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको थियो । दुबै कम्पनीहरुले गत जेठ २४ गतेको साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।  यी दुई कम्पनी बीच १०० बराबर ७५ को अनुपातमा शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जर प्रक्रिया सम्पन्न हुन लागेको हो । एकीकृत कारोबारपश्चात बन्ने विन नेपाल लघुवित्तको अधिकृत पूँजी रू. २० करोड र जारी तथा चुक्तापूँजी रू. ७ करोड ७१ लाख ३७ हजार ५०० कायम हुनेछ । मर्जर प्रयोजनका लागि गत पुस १ गतेदेखि नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ ।   

सम्बन्धित सामग्री

अझै ६ ओटा लघुवित्तले घोषणा गरेका छैनन् लाभांश, कुन - कुन कम्पनीको बाँकी ?

माघ ५, काठमाडौं । नेप्सेमा सूचीकृत ५१ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्म ६ ओटा लघुवित्त वित्तीय संस्था गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।  जीवन विकास लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र नयाँ सारथि लघुवित्त वित्तीय संस्था लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।  नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था मर्जरमा गएपछि एकीकृत कारोबार शुरु गरी विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट मंगलवार शेयर सूचीकृत गराएको छ । मर्जरका कारण रोक्का भएको कम्पनीको शेयर बुधवार फुकुवा भएको हो । कम्पनीको शेयर कारोबार फुकुवा भएपनि खरीदविक्री भने भएको छैन ।  हाल सम्ममा ४२ ओटा कम्पनीले लाभांश घोषणा गरे भने तीन ओटा कम्पनीले लाभांश घोषणा नै नगरी साधारण सभा सम्पन्न गरिसकेका छन् । सामुदायिक लघुवित्त, घोडाघोडी लघुवित्त वित्तीय संस्था र माुनषी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिईकन साधारण सभा सम्पन्न गरेका हुन् ।  गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका ४२ ओटा कम्पनीमध्ये सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाले कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । त्यसैगरी सबैभन्दा कम लाभांश एनएआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रहेको छ । कम्पनीले ५ दशमलव ४१५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।  यस कम्पनीले पनि उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । लघुवित्त कम्पनीहरुले धेरै लाभांश दिने भएकाले लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।  लाभांश घोषणा गरेका धेरैजसो कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसकेका छन् दुई कम्पनीले साधारण सभा हुन बाँकी रहेको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुन बाँकी रहेको छ ।  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले माघ ६ गते साधारण सभा आयोजना गरेको छ । सभा क्रिक रिर्सोट धादिङबेशीमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, यस लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने वा मर्जर प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।  नाडेप लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण माघ १४ गते आयोजना गरेको छ । सभा रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नार्गजुन नगरपालिका वाड नं १ काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ ।  सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी यस लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृतसँगै कारोबार फुकुवा

माघ ४, काठमाडौं । नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप हुन आएको शेयर सूचीकरण भएको छ ।  साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि थप हुन आएको ७ लाख २४ हजार ४६३ कित्ता साधारण शेयर सूचीकृत भएको हो ।  साथै, मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर दोस्रो बजारमा फुकुवा भएको छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र वीन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि विन लघुवित्तको नामबाट एकीकृत कारोबार कात्तिक १५ गतेदेखि शुरु भएको हो ।  अब विन लघुवित्त वित्तीय संस्थाको नामबाट कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीको सिम्बोल डब्लुएनएलबि रहेको छ ।

नेपाल सेवा लघुवित्तको शेयर विन लघुवित्तको नामबाट डिम्याट खातामा

पुस २५, काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयर विन लघुवित्त वित्तीय संस्थाको नामबाट डिम्याट खातामा देखिएको छ ।  नेपाल सेवा लघुवित्त वित्तीय संस्था र वीन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि विन लघुवित्तको नामबाट एकीकृत कारोबार कात्तिक १५ गतेदेखि शुरु भएको हो । अब विन लघुवित्त वित्तीय संस्थाको नामबाट कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीको सिम्बोल डब्लुएनएलबि रहेको छ । कम्पनीको थप शेयर नेप्सेमा सूचीकृत भएपछि कारोबार शुरु हुनेछ ।  नेपाल सेवा लघुवित्तको शेयर कारोबार २०७७ पुस १ गतेदेखि बन्द रहेको छ । कारोबार बन्द हुँदा कम्पनीको अन्तिम मूल्य रू. ८३० थियो ।

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार कात्तिक १५ गतेदेखि शुरु

कात्तिक १, काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । दुवै कम्पनीले एक आपसमा गाभिएपश्चात विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । नेपाल सेवाको ७५ कित्ता शेयर बराबर विन लघुवित्तको १०० कित्ताको अनुपातमा दुई लघुवित्त मर्जरमा गएका हुन् । दुवै कम्पनीलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले भदौ १५ गते स्वीकृति दिएको थियो । डाटा माइग्रेशन प्रयोजनको लागि दुवैले कम्पनीको बैंकिङ कारोबार कात्तिक १४ गते बन्द रहने छ । मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय मेलम्ची १३, सिन्धुपाल्चोकमा रहने जानकारी दिइएको छ ।